अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

सिमराका वडा-वडामा काँग्रेसको घरदैलो र चुनावी सभा

बिआरटीनेपाल २०७४ भदौ २५ गते ११:२२ मा प्रकाशित

स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा बाराका चुनावी प्रचार तेज भएको छ । शनिवार पनि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका उम्मेदवारहरु दिनभरजसो चुनावी प्रचारमा व्यस्त रहनुभयो ।

उपमहानगरपालिकाको १ नम्बर वडामा शनिवार समिक्षा वैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसको सिमरा पानीटंकी स्थित प्रचार प्रसार सम्पर्क कार्यालयमा सम्पन्न वैठकमा हाल सम्म भएका चुनाबी गतिविधिको समिक्षा र आगामी रणनीतिका विषयमा छलफल भएको वडा नं, १ का सदस्य उम्मेदवार रामचन्द्र लामाले जानकारी दिनुभयो ।

बैठकमा वडा सभापति रामबहादुर अधिकारी, वडा अध्यक्ष उम्मेदवार हिराबहादुर गुरुङ्ग, महाधिवेशन प्रतिनिधी नारायण पण्डित, नेविसंघका केन्द्रिय सदस्य नवराज त्रिपाठी सहितका काँग्रेस नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

बैठकले पार्टीका वडा सभापति अधिकारीको संयोजकत्वमा आर्थिक समिति, बसन्त लामाको संयोजकत्वमा प्रचारप्रसार समिति तथा विक्रम थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका २ मा शनिवार मेयर उम्मेदवार कृष्णव्रत सिंह, उपमेयर उम्मेदवार नारायणी रायमाझी सहित वडा अध्यक्षका उम्मेदवार सन्तोष कार्की लगायत नेपाली काँग्रेसका नगर सभापति श्यामबाबु गुप्ता, ओमकृष्ण कार्की, शोभाकर पराजुली, हरि थपलिया लगायतका काँग्रेस नेता कार्यकर्ताहरुको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।

वडा नम्बर ३ मा पनि शनिवार अध्यक्ष उम्मेदवार अमृतबहादुर क्षेत्री सहित काँग्रेस नेता कार्यकर्ताको उपस्थितीमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस जीतपुरसिमराका नगर सचिब शुसिल ढोंडारीका अनुसार कार्यक्रममा २ सय बढि सकृय कार्यकर्ताको सहभागिता रहेको थियो ।

वडा नम्बर ४ का अध्यक्ष उम्मेदवार भागवत चौधरी सहित काँग्रेस नेता कार्यकर्ताको सहभागितामा शनिवार औराहाका विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । औराहाका दुर्गाटोल, शान्ति टोल, चौधरी टोल, सरस्वती टोल, कृष्ण मन्दिर टोल लगायतका स्थानमा ३ सय भन्दा बढि नेता कार्यकर्ताको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष उम्मेदवार भागवत चौधरीले जानकारी दिनुभयो ।

वडा नम्बर ६ अन्तर्गत नगौल क्षेत्र, विनिनिया टोल र सिदरिया टोलमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको वडा अध्यक्षका उम्मेदवार असलाउद्दिन अंसारीले जानकारी दिनुभयो ।

वडा नम्बर ९ को छातापिप्रा बजार र चमरीटोलमा घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पार्टीका वडा सभापति रामचन्द्र चौधरी लगायत सयौं नेता कार्यकर्ता कार्यक्रममा सहभागि थिए । वडा नम्बर १० को वलुवा टोलमा अध्यक्ष उम्मेदवार जादोलाल सहनी लगायतका नेता कार्यकर्ताले मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ११ का अध्यक्ष उम्मेदवार महेन्द्र खाँ थारु सहित काँग्रेस नेता कार्यकर्ताको सहभागितामा घरदैलो तथा मोटरसाईकल ¥याली सम्पन्न भएको छ ।

वडा नम्बर १२ को फतेपुर र वडा नम्बर १३ को पोता चौधरीटोल क्षेत्रमा काँग्रेसका अध्यक्ष उम्मेदवार लालबाबु चौधरी र रामचन्द्र चौधरीको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा १४ का अध्यक्ष उम्मेदवार दधिलाल सापकोटाको नेतृत्वमा डुमरवानाको रजघट्टा, गैरीगाउँ र जोरलाई क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको काँग्रेस यूवा नेतृ रिता रिजालले जानकारी दिनुभयो ।

जीतपुरसिमरा १५ का अध्यक्ष उम्मेदवार रामबहादुर गुरुङको नेतृत्वमा सुन्दरबस्ती, भारतीचोक र डुमरवाना चोधरीटोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काँग्रेस नेता कञ्चनबहादुर गुरुङ, शेषराज पाण्डे, दलबहादुर घले लगायतको उपस्थिती रहेको थियो ।

वडा नम्बर १६ को टाँगिया बस्तीमा बृहत घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्षका उम्मेदवार श्याम तुम्सिङको नेतृत्वमा पिलुवाबाट शुरु भएको बृहत ¥याली टाँगियाबस्तिमा पुगेको थियो । टाँगिया बस्तिका विभिन्न टोलमा शनिबार घरदैलो गरिएको र बाँकी भागमा आइतबार घरदैलो गरिने अध्यक्ष उम्मेदवार तुम्सिङले जानकारी दिनुभयो ।

वडा नम्बर १७ का अध्यक्ष उम्मेदवार नवराज खड्काको नेतृत्वमा शनिबार बृहत घरदैलो कार्यक्रम सम्पन्न भएको छ । चारसय भन्दा बढि काँग्रेस कार्यकर्ता कार्यक्रममा सहभागि भएका थिए । वडा नम्बर १७ को रामनगर, रघुनाथपुर, जमुना टोल र नमुना टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको वडा अध्यक्षका उम्मेदवार खड्काले जानकारी दिनुभयो ।

वडा नम्बर १९ का अध्यक्ष उम्मेदवार महेन्द्र यादबको नेतृत्वमा इनर्वा्सिराका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । यस्तै वडा नम्बर २२ को अमलेखगन्ज चकरी क्षेत्रमा मेयर उपमेयर उम्मेदवार सहित बृहत घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमराका मेयर उम्मेदवार कृष्णव्रत सिंह, उपमेयर उम्मेदवार नारायणी रायमाझी, वडा अध्यक्षका शेखरकाजी रुम्बा लगायत नेपाली काँग्रेसका नगर सभापति श्यामबाबु गुप्ता, ओमकृष्ण कार्की, हरि थपलिया लगायतका काँग्रेस नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

अमलेखगन्ज चकरी क्षेत्रमा साँझ अबेर सम्म पनि घरदैलो कार्यक्रम गरिएको पार्टीका नगर सभापति श्यामबाबु गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू