अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

अनेसासको ५ औं ‘अन्तराष्ट्रिय सम्मेलन’ अष्ट्रेलियाको पर्थमा

बिआरटीनेपाल २०७४ भदौ २४ गते १७:४१ मा प्रकाशित

अन्तराष्ट्रिय साहित्य समाजको ५ औं अन्तराष्ट्रिय सम्मेलन अष्ट्रेलियामा सुरु भएको छ । दुई दिन सम्म चल्ले सम्मेलनको शनिवार संस्कृतिविध तुलसी दिवसको प्रमुख आतिथ्यतामा अष्ट्रेलियाको पर्थमा उद्घाटन गरिएको हो ।

दुई चरणमा बिभाजित कार्यक्रमको पहिलो चरणमा प्रमृख अतिथी बरिष्ठ साहित्यकार डा तुलसी दिवस र अनेसास अध्यक्ष पदम बिश्वकर्माले पानसमा दिप पज्ज्वलन गरेर सम्मेलनको उद्घाटन गरेका हुन् ।

एनआरएन उपाध्यक्ष भवन भट्ट र मोहन सीटौला बिषेश अतिथी रहेको कार्यक्रममा राम लामा अविनाशी, गणेश घिमिरे, शान्ति राम ढकाल, सन्ध्या पहाडी, राधेश्याम लेकाली, समल कुमार गुरुङ, युवाराज घिमिरे, एलवि क्षेत्री, डा.लक्ष्मण गौतम, मनि पनेरु, फ्रि ब्राउन र भिमसेन सापकोटालाई बाबा बस्नेत र कमला रिसालबाट खाता ओडाएर फुलमाला सहित अतिथीका रुपमा आसन ग्रहण गराईएको थियो ।

गणेश घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रममा उपस्थितहरुलाई रञ्जना सापकोटाको स्वागत नृत्य सहित स्वागत गरिएको थियो भने नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपतिको अनुपस्थिका कारण कुलपति उप्रेतीले सम्मेलनका लागि दिएको शुभकामना सन्देश प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख सन्ध्या पहाडीले वाचन गरेकी सुनाएकी थिईन् भने अनुपस्थित रहेका वोर्ड अफ ट्रस्टीका अध्यक्ष श्याम पराजुली साथै डा. खगेन्द्र लुईटेल र होमनाथ सुवेदीको सन्देश बिना क्षेत्रीले वाचन गरेर सुनाएकी थिईन् ।

कार्यक्रमा एनआरएन उपाध्यक्ष भवन भट्टले आफ्नो मन्तव्यका क्रममा आगामी बर्षबाट साहित्यिक बिकासका लागि आफुले पुरस्कारको स्थापना गर्ने घोषणा गरेका थिए भने अनेसास हिरोको रुपमा बिमल नेपालीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्मारिका ‘अन्तरदृष्टी’ सहित थुप्रै साहित्यिक कृति र गिती एल्वमहरुको एकसाथ बिमोचन गरियो । जसमा भिमसेन सापकोटाको ५ सय मेरिटेसनल स्टोरी संग्रहित ‘सफल जीवनका अमुल्य शुत्र’, गणेश घिमिरेको गजल संग्रह ‘यादहरुको पहाड’, राजेन्द्र बुढाथोकीको कविता संग्रह ‘जलिरहेको एउटा देश’, राधेश्याम लेकालीको ‘नाथे भाव’, लकाश पौडेलको ‘विनियोग’, ‘फुलेन गोदावरी’ लगायत बाबा बस्नेतको आधुनिक गिती संग्रह ‘बिहानी’ र चिन्तामणी योगीको शब्द र भिमसेन सापकोटाको स्वरमा रहेको एल्वम ‘बिचार बिम्बको’ पनि बिमोचन गरिएको थियो ।

त्यस्तै कार्यक्रमका अतिथी रहेका अनेसास बोर्ड अफ ट्रस्टी तथा व्यवसायि राम लामा अविनाशीले स्थापना गरेको २ हजार अमेरिकी डलर राशीको ‘राम लामा अविनाशी’ पुरस्कारबाट लामो समयदेखी साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आएका लेखक होमनाथ सुवेदी सम्मानित भएका छन् ।

सम्मानित साहित्यकार होमनाथ सुवेदीलाई पुरस्कारका संस्थापक राम लामा अविनाशीले नै पुरस्कार राशीको चेक हस्तान्तरण गरेका थिए, साथै अविनाशीले यो पुरस्कारको स्थापना र उद्धेश्यवारे प्रकाश पार्दै सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।

पदम बिश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा गणेश घिमिरे, निरज क्षेत्री, राजेश पराजुली , भिमसेन सापकोटा,मणि पनेरु, मोहन सिटौला दिपेन्द्र शर्मा, समल कुमार गुरुङ, भवन भट्ट तुलसी दिवस लगायतले अनेसासको सफतलाको लागि शुभकामना ब्यक्त गरेका थिए ।

नयाँ तथा पुराना साहित्यकार तथा साहित्य अनुरागीको बाक्लो उपस्थिती रहेको पहिलो चरणको कार्यक्रम कमल पाण्डे र वासु कठायले सञ्चालन गरेका थिए ।

त्यस्तै कार्यक्रमको दोस्रो चरणमा डायस्पोरामा नेपाली साहित्यको प्रवद्धन तथा सम्वद्धन शिर्षक माथी एल बि क्षेत्रीको अध्यक्षतामा तयार पारिएको कार्यपत्र गणेश घिमिरेले प्रस्तुत गरेका थिए ।   

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू