अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

बिआरटीनेपाल २०७४ भदौ २४ गते १४:५८ मा प्रकाशित
(View of damages following the 8.2 magnitude earthquake that hit Mexico’s Pacific coast, in Juchitan de Zaragoza, state of Oaxaca on September 8, 2017. Mexico’s most powerful earthquake in a century killed at least 35 people, officials said, after it struck the Pacific coast, wrecking homes and sending families fleeing into the streets. / AFP PHOTO / PEDRO PARDO)

चैपास (मेक्सिको), २४ भदौ । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ । दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन । बिहीबार राती राजधानी मेक्सिको सिटीका नागरिकहरु भूकम्पको बेला घरहरुबाट बाहिर भागेर खुल्ला सडकमा पुग्न सफल भएका थिए ।

AFP PHOTO / PEDRO PARDO

मेक्सिकोमा रहेको चिनियाँ दुतावासले अहिलेसम्म मृत्यु भएकाहरु मध्ये चिनियाँ नागरिक नपरेको जनाएको छ । एक जना स्थानीयले भन्नुभयो, “भूकम्प गएको बेला मैले बेलुकाको खाना खाईरहेको थिए । म तत्काल घर बाहिर दौडिएँ, त्यहाँ सडकमा एक सय भन्दा बढी मानिस आईसकेका थिए । ती मध्ये अधिकांश रात्री पोशाकमा रहेका थिए ।”

उहाँले थप्नुभयो, भूकम्प गएको २० मिनेटमा विद्युत सेवा अवरुद्ध भयो, अधिकांशले आफ्ना कार खुल्ला ठाँउमा रोकेका थिए, रातभरी उनीहरु त्यसैमा सुते । भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन भने ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएको छ । मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले शुक्रबार राती टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताउनु भएको छ । मृत्यु भएका मध्ये ४५ जना ओक्साका राज्य, १२ जना चिआपास र चार जना ताबास्को राज्यका रहेका जनाइएको छ । मेक्सिकोमा केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घर भत्किएका छन


Mexico’s most powerful earthquake in a century killed at least 35 people, officials said, after it struck the Pacific coast, wrecking homes and sending families fleeing into the streets. / AFP PHOTO / PEDRO PARDO
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू