अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

कम्युनिस्ट विचारलाई परास्त गर्न विपीको समाजवाद

बिआरटीनेपाल २०७४ भदौ २४ गते १४:४६ मा प्रकाशित

चरिकोट, २४ भदौ । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपालमा कम्युनिस्ट विचारलाई परास्त गर्नु नै विपीको समाजवादको उद्देश्य रहेको बताउनु भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति, दोलखाले आज यहाँ आयोजना गरेको १०४औँ बिपी जयन्तीको अवसरमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले बिपीको समाजवादी चिन्तनको आत्मसात् गरेमात्रै नेपाल र नेपाली जनताको हित हुने बताउनुभयो ।

नेता महतले काँग्रेस मुलुकको सबैभन्दा ठुलो राष्ट्रवादी पार्टी भएको दाबी गर्दै उहाँले सडकमा कुर्लेर मात्रै राष्ट्रवादी नहोइने बताउनुभयो । काँग्रेसलाई अराष्ट्रवादी आरोप लगाउने पार्टीनै दक्षिणपन्थीको पिछलग्गु भएको उहाँको भनाइ थियो ।

एमालेप्रति लक्षित गर्दै नेता डा महतले भन्नुभयो, “‘बयलगाडा चढेर अमेरिका जान खोज्नु’ र ‘गणतन्त्रको सपना देख्नु’ उस्तै हो भनेर भजन गाउने नै आज राष्ट्रवादी बनेर सडकमा कुर्लेको देख्दा लाजमर्दाे भएको छ ।”

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले मुलुकको विकास काँग्रेसले मात्रै गर्ने बताउँदै प्रदेश र सङ्घको निर्वाचनमा काँग्रेस ठुलो पार्टी बन्ने दाबी गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू