अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

म भुटानी शरणार्थी भनेर चिनिए पनि मेरो देश नेपाल हो -गीतकार रबिन बिष्ट

बिआरटीनेपाल २०७४ भदौ २४ गते १३:३९ मा प्रकाशित

संसारमा धेरै शरणार्थी छन् । ति शरणार्थीमध्ये भूटानी शरणार्थी पनि पर्छन । नेपाली भाषी भूटानीहरू अहिले  संसारभरी नै पुगिसकेका छन् । जन्मदा आफुलाई शरणार्थीको रुपमा पाएका रबिन बिष्टले आफ्नो देश भनेको नेपाल हो भन्ने मात्र बुझे, अहिले उनी अमेरिकाको पेन्सेल्भेनियामा छन् । आफ्नो नाममा भूटानी झुण्डिए पनि २१ वर्षिया बिष्टको जन्म नेपालमै भएको हो ।

बिष्टले नेपाली सांगीतिक क्षेत्रको लागि केहि गीत प्रदान गर्न सोच साथ एल्बम प्रकाशन गर्ने काममा जुटेका छन् । अमेरिकामा रहेका नेपाली भाषी भूटानी युवाहरुको नेपाली सांगीतिक क्षेत्रमा सक्रियता बढेको छ । त्यहि भिडमा बिष्टले आफ्नो नाम स्थापित गर्नको लागि सांगीतिक कोसिली लिएर बजारमा आउने तयारीमा छन् । अरु भन्दा फरक तरिकाले आफ्नो नाम स्थापित गर्ने योजना साथ बिष्टले छुटिएर नामक एल्बम नँया वर्ष २०१८ मा बजारमा ल्याउने तयारीमा जुटेका छन् । 

बिष्टको एकल रचनामा रहेको सो एल्बममा गायकहरु विश्वास नेपाली, किरण गजमेर, बिकु क्षेत्री अनि गायिका मेलिना राईको स्वर रहने छ भने संगीतकारहरु बसन्त सापकोटा, डम्बर खापुङ सुब्बा, किशोर शिवाकोटी र भोला ढुंगानाको संगीत रहने कुराको लगभग टुंगो लागेको छ । प्रकाशन हुन लागेको एल्बममा  छुटिएर, प्रिती लाउन जानिन कि, जाउ जाउ, कसरी भनौ, मखमली, रसिलो ओठ अनि गोर्खेको बोली बोलको गीत गरि जम्मा ८ ओटा  गीत समावेश गरिएको र त्यो मध्ये ५ ओटा गीत रेकर्ड भैसकेको गीतकार बिष्टले बताए ।

नेपाली भाषी भूटानी सांगीतिक क्षेत्रमा चम्किला तारा झैँ चम्किन लागेका बिष्टले धेरै समय अघिदेखिको आफ्नो योजना  पुरा हुन लागेको बताए उनले थपे,’एल्बम प्रकाशन पछि संकलन भएको रकम नेपाल गएर विधार्थीहरुको लागि कम्पुटर शिक्षामा प्रदान गर्ने छु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू