अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

घण्टाघरमा मिस पूवाञ्चलको रक्तदान

बिआरटीनेपाल २०७४ भदौ २४ गते ११:२८ मा प्रकाशित

शनिबार बिहानैदेखि धरानको भानुचौक स्थित घण्टाघर गेट बाहिर हरियो टि-सर्ट लगाएका युवतीहरु बाटोमा हिंडीरहेका मानिसहरुलाई रक्तदान को बिषयमा कुरा गर्दै रक्तदान गर्नका लागि अनुरोध गर्दै थिए । धरानमा आयोजना  भइरहेको नेपालआइस नेचुरा मिस पुर्वान्चल २०१७ का सहभागी युवतीहरु शनिबारको रक्तदान कार्यकर्ममा सहभागी हुदै रक्तदान गर्न अनुरोध गरेका हुन् । 

आठ बर्ष देखि संचालन भैरहेको मिस पुर्वान्चलले आफ्नो सुरुवात देखि नै रक्तदान कार्यकर्मलाई निरन्तरता दिदै आएको छ । रक्तदान एउटा सामाजिक कार्यकर्म  हो र रक्तदान जीवनदान भन्ने मन्त्रलाइ जनचेतना जगाउने अभिप्रायले यसलाई मिस पुर्वान्चल को कार्यकर्ममा समावेश गर्दै आएको आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताउनु भयो  ।  यो बर्ष रक्तदान कार्यकर्म  एन . आई . सी . एशिया बेंक लिमिटेड को सहकार्यमा गरिएको थियो ।

एन . आई . सी . एशिया बेंकका शाखा प्रबन्धक बिशाल श्रेष्ठले  रक्तदान गर्दै सामाजिक तथा जनचेतनामूलक कार्यमा बेंकको सहभागिता रहेको बताउनुभयो   । कार्यकर्ममा एन . आई . सी . एशिया बेंकका अन्य कर्मचारीहरुले पनि रक्तदान गरेका थिए ।

रक्तदाता खोज्न मा सक्रिय देखिने मिस पुर्वान्चलकि एक प्रतियोगी एजिना सिटौला यस्तो सामाजिक कार्यमा खटिनु पाउदा औधी खुसि लागेको बताउछिन् ।

२ घण्टा चलेको रक्तदान मा १६ पिन्ट रगत संकलन गरिएको थियो भने सोहि समय अकस्मात बिपीके आईएचएसमा  चाहिएको बी पोजिटिभ रगतका  रक्तदाता तथा सिजी ग्रुपका सेल्स मेनेजर खेम कुइंकेलबाट २ पिन्ट रगत संकलन गरी पठाईएको थियो । १५ बर्ष अगाडी बाट रक्तदान गरिरहेका  कुइंकेलले हाल सम्म ४६ पटक रक्तदान गरिसकेको तर यसरि इमर्जेन्सी रगत चाहिएको बिरामीलाई आफ्नो रगत दिन पाउँदा मन एकदमै आनन्दित भएको बताउछन्  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू