अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

सबै फ्लोरिडावासी घर छोड्न तयार रहन गभर्नर स्कटको आग्रह

बिआरटीनेपाल २०७४ भदौ २३ गते १७:५३ मा प्रकाशित

मियामी (फ्लोरिडा), २२ भदौ । अमेरिकाको फ्लोरिडा राज्यमा इर्माको व्यापक प्रभाव पर्नसक्ने चेतावनी यहाँका गभर्नर रिक स्कटले नागरिकलाई बताएका छन् । फ्लोरिडाका गभर्नर स्कटले शुक्रवार राज्यका सम्पूर्ण दुई करोड जनतालाई आँधीबारे सचेत बनाउँदै भने, “इर्मा नामक प्रचण्ड आँधीले फ्लोरिडामा प्रत्यक्ष प्रभाव पार्नसक्ने देखिएकोले घरहरू खाली गर्न तयार बन्नुहोस ।”

उनले थपे, “ घर तथा बस्ती खाली गर्ने आदेशलाई बेवास्ता नगरौँ । यो कुरा ख्याल गर्नुहोस् कि हामी तपाईँको घर बनाइदिन सक्छौँ तर तपाईँको पुनर्जीवन दिन सक्दैनौ । त्यसैले सबै फ्लोरिडाबासी घर खाली गर्न छिट्टै तयार बन्नुस ।” फ्रान्सको क्यारेवियन सामुद्रिक क्षेत्रबाट सुरु भएको आँधीका कारण फ्रान्स लगायतका क्षेत्रमा कैयौँ मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू