अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

दरबारमार्गका व्यापारी पसल बन्द गरी अान्दाेलनमा

बिआरटीनेपाल २०७४ भदौ २३ गते १२:०२ मा प्रकाशित

चाडपर्वका बेला सरकारी अनुगमन छापामार शैलीमा गरेको भन्दै दरवारमार्गका व्यापारीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले सरकारी अनुगमनविरुद्ध सबै पसलहरु बन्द गरेका छन् ।

गत सोमबार आपूर्ति मन्त्री शिवकुमार मण्डलको अगुवाइमा अनुगमन गरी दरवारमार्गका चार पसलमा सिलबन्दी गरियो । २४ सयको जुत्तालाई २४ हजारमा विक्री गरिएको प्रमाण फेला पारिएको अनुगमन टोलीले जनाएको थियो । त्यस्तै अनुगमनका क्रममा एक सय रुपैयाँ मूल्य पर्ने मोजा २ हजार ४ सय र २ हजार ६ सय मूल्य पर्ने जुत्ता २६ हजार रुपैयाँसम्ममा बेचेको भेटिएको थियो । बुधबार पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उक्त क्षेत्रमा पुन अनुगमन गर्न थालेपछि व्यवसायीहरु आक्रोशित बनेका हुन् ।

ब्रान्डेड र महंगो सामान गरिद विक्रीका लागि निकै चर्चित उक्त ठाउँमा व्यापारीले ग्राहकसँग मनपर्दी रकम असुल गर्दै आएका थिए । कालोबजारी ऐन २०३२ अनुसार बस्तु कारोबारमा २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । तर महंगो सडरभाडा, कर्मचारी खर्चलगायत अन्य खर्च समेत पसलबाटै व्यहोर्नु पर्ने भएकाले सरकारले तोकेको २० प्रतिशत नाफाले नपुग्ने कारण देखाउँदै केही मूल्य वृद्धि गरिएको व्यापारिले स्वीकार गरेका छन् । सम्पूर्ण खर्च, आम्दानी हेर्ने हो भने २० प्रतिशत नै नाफा रहन आउने गरेको उनीहरुको भनाई छ । केही मूल्य वृद्धि भनेकाे पनि २३ गुणा हुन्छ त ? भन्ने अनुगमन टाेलीकाे प्रश्न छ ।

आफूहरुले कालोबजारी नगरेको दावी गर्दै व्यापारिहरुले २० प्रतिशत मात्रै मार्जिन राखेर दरवारमार्गमा व्यापार गर्न नसकिने चोटिलो जवाफ पनि दिए ।

२० प्रतिशत नाफाले नपुगेका कारण केही मूल्य वृद्धि गरिएको व्यापारिले स्वीकारका छन् । केही मूल्य वृद्धि भनेकाे पनि २३ गुणा हुन्छ त ? भन्ने अनुगमन टाेलीकाे प्रश्न छ ।

दरवारमार्ग क्षेत्रका व्यापारीको साझा संस्था दरवारमार्ग विकास बोर्डले उचित मूल्यमै बस्तुको कारोबार गरेको दावी गरेको हो । बोर्डका अध्यक्ष गोपाल कक्षपतीले व्यापारीले कानूनसम्मत ढंगबाट व्यापार गरिरहेको अवस्थामा सरकारले हस्तक्षेप निम्त्याएर आतंकित पारेको आरोप लगाए ।

चाडपर्वको समयमा उपभोक्तालाई सेलअफरका नाममा ठगी गरेको भन्दै सोमवारदेखि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दरवारमार्गका नाम चलेका पसलहरु अनुगमन गरी सिल लगाएको हो । अत्यधिक महंगो मूल्य असुलेको, बिलविजक र आवश्यक कागजात पेश गर्न नसकेको लगायतका कारण देखाउँदै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पसल बन्द गराएको हो ।

अनुगमनका क्रममा दरवारमार्ग क्षेत्रका व्यापारीहरुले २३ गुणासम्म महंगो मूल्य लिएर उपभोक्ता ठगेको विभागले जनाएको छ ।

बुधबार सरकारी टोलीले अनुगमन गर्दैगर्दा दरवारमार्गका घडी पसल वाच एण्ड सी र सुलक्स तथा कपडा पसल लेभिज र बोसेनीमा सिल गरेको ग¥यो । त्यहाँ १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र १ लाख २० हजार रुपैयाँ मूल्यको घडीलाई २ लाख ५० हजार रुपैयाँसम्म बेचेको अनुगमन टोलीका विभाग अधिकृत श्री अधिकारीले जानकारी दिए ।

दरवारमार्गका व्यापारीहरुको यस्तो मनोमानीलाई रोक्न सरकारले बुधबार पनि दुई वटा सटरमा सिल गरेको छ । अस्वाभाविक मूल्य असुल्ने नाइक, स्टोर वान, बेन्टले, पुमा, एमजीएम इन्टरनेसनल, वाच एण्ड सी, रिवक, सुलक्स, लिवाइज, लाइन्स स्टाइलमा सिलबन्दी गरिएको छ ।

व्यापारीहरुले भने चाडपर्वको मुखमा सरकारले यसरी छापामार शैलीमा व्यापारिहरुलाई तर्साउन अनुगमन गरेको र यो गलत भएको बताएका छन् । त्यहाँका सम्पूर्ण पसलहरु बन्द गर्दै व्यापारिहरु विरोधमा उत्रिएका छन् ।

सोमवारदेखि सुरु गरेको विभागको बजार अनुगमन गलत भएको भन्दै दरवारमार्गका झण्डै ८० वटा पसलहरु अहिले बन्द रहेका छन् । व्यापारिहरु अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । सरकारी टोलीले पसलमा लगाएको सिलबन्दी फुकुवा नभएसम्म आन्दोलन जारी राख्ने व्यापारिहरुले बताएका छन् ।

दरवारमार्ग विकास बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा यसरी सरकारले एक्कासी अनुगमन गरी पसलहरुमा सिलबन्दी गर्नाले व्यापारिहरुको लगानी डुब्ने खतरा रहेको दाबी गरेका छन् । बोर्डले सरकारी अनुगमनको वैधतामा समेत प्रश्न उठाएको छ । अनुगमन र सिलबन्दी कानूनसम्मत नभएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू