अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

बालबालिकाको भारतबाट उद्धार

बिआरटीनेपाल २०७४ भदौ २२ गते १८:०१ मा प्रकाशित

नेपालगन्ज, २२ भदौ । भारतका विभिन्न स्थानमा अलपत्र परेका चार नेपाली बालबालिकालाई उद्धार गरी आज नेपालगन्ज ल्याइएको छ ।

भारतस्थित नेपाली दूतावास र विभिन्न संघ संस्थाको सहयोगमा उनीहरुलाई दिल्ली, उडिसा, चण्डिगढलगायत स्थानबाट उद्धार गरिएको हो । माइती नेपालको अगुवाइमा सर्लाही जिल्लाका १३ वर्षीय अमिर तामाङ, १४ वर्षीय सुरेश रम्तेल, रोल्पाका १४ वर्षीय ऐते विक र १२ वर्षीय हेमन्त विकलाई भारतबाट उद्धार गरी नेपालगन्ज ल्याइएको हो । उद्धार गरिएका बालबालिका मजदूरीका लागि भारत जाने गरेका स्थानीयहरुको लहलहैमा त्यहाँ पुगेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू