अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

औपचारिक घोषणा हुनु अगाडि चुनाव नतिजा बाहिरियो

बिआरटीनेपाल २०७४ भदौ २२ गते १७:३४ मा प्रकाशित

एनआरएन अमेरिकाको नतिजा सार्वजनिक- डाक्टर पौडेल अध्यक्षमा विजयी
एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि गत सेप्टेम्बर ५,६ मा सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक हुनु अगाडि बाहिर आएको छ । बाहिर आएको परिणाम अनुसार डाक्टर केशव पौडेल अध्यक्षमा विजयी भएका छन् । डा. पौडेलले ४२२९ मत, रबिना थापाले ३०८५ मत, राम पोख्रेलले ९६४ मत, कृष्ण पोख्रेलले ७८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा टेक्सासका सुनिल शाहले ४१४५ मत प्राप्त गर्दै विजय प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी टेम्बा शेर्पा लामाले जम्मा ३२४१ मत प्राप्त गरेका छन्। महासचिव पदमा बीआर लामाले २५९३ मत सचिवमा होमनाथ गौतमले २७१५ मत ल्याउदै विजय प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा डा. प्रकाश अर्यालले २८२१ मत सहकोषाध्यक्षमा पवन योन्जनले ५०८५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । क्षेत्रीय उपाध्यक्षहरुमा राधा पौडेलले ४२९० मत, रामकुमार सुबेदी २८५१ मत जेदु पोख्रेलले ४०४६ मत उमा कार्की थापाले ४१८४ मत महिला संयोजकमा इन्दिरा त्रिपाठी ४२२८ मत ल्याएर विजयी भएकी छिन् ।

कार्य समिति सदस्यहरूमा दिव्या केसी ओली, गोपेंद्र भट्टराई, कृष्ण लामिछाने, डा.अर्जुन बन्जाडे, तृष्णा शर्मा, सञ्जय थापा, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन् । विजयी सदस्यहरूमा डा. अर्जुन बन्जाडेले ५८११ मत ल्याउदै सबै भन्दा बढी मत प्राप्त गर्ने सदस्य भएका छन् ।

एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि आवश्यक ८ सदस्यका लागि भएको मतदानमा डिल्लीराम भट्टराई, बलराम थापा, गोमा सेन, धर्म भट्टराई, बिश्नुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला र बेदराज बस्नेतले विजय प्राप्त गरेका छन् । गोमा सेनलाई सब भन्दा बढी मत ६४३० खसेको छ । यो समाचार लेखुन्जेल सम्म निर्वाचन आयोगको हामीलाई केही पनि सूचना प्राप्त भएको छैन । हामी त्यसको पर्खाइमा छौ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू