अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

ग्लोबल भुटनिज कम्यूनिटी कोलोराडोमा नयाँ कार्यसमिति

बिआरटीनेपाल २०७४ भदौ २२ गते १४:४६ मा प्रकाशित

ग्लोबल भुटनिज कम्यूनिटी कोलोराडो (जिबिसीसी) को हालै सम्पन्न विशेष बैठक/सभाले सोम बरालको नेतृत्वमा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ। गत अगष्ट ३१, २०१७ का दिन संस्थाका सल्लाहकार र साधारण सदस्यहरूको उपस्थितिमा हवाना स्ट्रिट, अरोरा स्थित जिबिसीसीको कार्यालयमा सम्पन्न विशेष बैठकबाट सर्वसम्मतिले चयन भएको कार्यसमितिको उपाध्यक्षमा भीम राई, सचिवमा मणि राई, र कोषाध्यक्षमा अबिनाश शर्मा चयन भएकाछन्। यसै गरी पवित्रा धौराली, केदार खतिवडा र केदार (उमेश) घिमिरे गरी तीनजना सदस्यमा चुनिएका छन् । 

सोम बरालको अध्यक्षता र पूर्व कार्यक्रम व्यवस्थापक जीदेन राईद्धारा सञ्चालित बैठकमा वर्तमान कार्यक्रम व्यवस्थापक रोहित ढुंगेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। नेपाली भाषा र संस्कृतिको जगेर्ना र प्रबर्द्धनमा अमेरिकामा रहेका भुटानी समुदायले पुय्राइरहेको योगदानको चर्चासंगै हाल सञ्चालनमा रहेको योगा र नोपाली सांस्कृतिक प्रशिक्षणको बारेमा समेत जानकारी गराइएको बैठकमा निकट भविष्यमा नै नृत्य प्रशिक्षण पनि सुरु हुने बताइएको थियो। 

जिबिसीसीका सल्लाहकारहरु लिला तिम्सिना, होम अधिकारी, भवानी न्यौपाने र राम भण्डारीले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रमको अन्त्यमा नवगठित समितिका अध्यक्ष सोम बरालले निवर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उनीहरूले जिबिसीसीलाई पुर्याएको योगदानको कदरस्वरुप प्रमाण-पत्रद्धारा सम्मान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू