अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

बेलायती राजकुमार विद्यालय भर्ना

बिआरटीनेपाल २०७४ भदौ २२ गते १३:४९ मा प्रकाशित

लण्डन, २२ भदौ । बेलायतका राजकुमार जर्जको विद्यालय यात्रा बिहीबार चार बर्से उमेरमा सुरु भएको छ ।

बुबा विलियमले हातले डो¥याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लैजानु भएको थियो । प्रारम्भिक तहको सो विद्यालय दक्षिणपश्चिमी लण्डनमा रहेको छ ।

राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उहाँलाई विद्यालय प¥याउने बेलामा सँगै जान सक्नुभएन । राजकुमारी क्याथेरिन तेस्रो बच्चा जन्माउनका लागि गर्भवती भएकाले केही दिनदेखि आराम गरिरहनु भएको केन्सीङटन दरबारले जनाएको छ ।

स्थानीय सञ्चार माध्यमहरूले राजकुमार जर्ज विद्यालय समय भरी विद्यालयको पोशाकमै रहने जनाएका छन् । विद्यालय पोशाकको रूपमा रहेको गाढा निलो सर्ट र ज्याकेट, रातो लामो मोजा र कालो जुत्ता उहाँले लगाउनुहुने भएको छ ।
उहाँले पढ्ने कक्षाकोठमा उहाँसँगै अरू २० जना छात्रहरु पनि रहने भएका छन् । उहाँको डेस्क लगायतका सामान उहाँकै नाममा हुनेछ ।

विद्यालयका प्राधानाध्यापक बेन थोमसले राजदरबारका परिवारलाई विद्यालयमा कुनै खास र छुट्टै सेवा सुविधा र व्यवहार नहुने स्पष्ट पार्नुभयो । तर अन्य छात्रहरूलाई झैँ उहाँलाई पनि शैक्षिक क्रियाकलापमा अत्यधिक सहभागिताका लागि धेरै योजना भने बनाइएको उहाँले बताउनुभयो ।

राजकुमार जर्ज जब विद्यालयमा प्रवेश गर्नुहुन्छ, एक जना फोटोग्राफर र एक जना क्यामेराम्यानले मात्रै फोटो र भिडियो खिचेका थिए ।

राजकुमार विलियमले आफ्नो छोराको गोपनीयताको ख्याल गरिदिन संचारकर्मीहरूलाई आग्रह गर्नुभएको बताइएकोे छ ।

झन्डै तीन दशक अगाडी राजकुमार विलियम पहिलो पटक विद्यालय जाँदा धेरै सञ्चार माध्यमहरूले त्यो क्षणको फोटो तथा भिडियो खिचेका थिए । रासस÷सिन्ह्वा

फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू