अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

परराष्ट्र र वैदेैेशिक रोजगार नीति बनाउन राजदूतसँग छलफल गरिने

बिआरटीनेपाल २०७४ भदौ २२ गते १३:२७ मा प्रकाशित

काठमाडौँ, २२ भदौ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको वैदेशिक नीति र श्रम तथा वैदेशिक रोजागर नीति कस्तो बनाउने भन्ने सम्बन्धमा विभिन्न देशमा रहेका नेपालका राजदूतलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

समितिअन्तर्गत परराष्ट्र मन्त्रालय हेर्ने उपसमितिको आजको बैठकले राजदूतसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको उपसमितिका सदस्य चूडामणि जंगलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चीन, भारत, अमेरिका, बेलायत, जापानलगायतका देशका लागि नेपालका राजदूतसँग नेपालको वैदेशिक नीति र नेपाली रोजगारीका लागि जाने कोरिया, इजरायल, मलेसिया र खाडी राष्ट्रका नेपाली राजदूतसँग नेपालको श्रम तथा वैदेशिक रोजगार नीति कस्तो बनाउने भन्नेबारे छलफल गर्ने निर्णय आजको बैठकमा भएको छ ।”

दसैँपछि र तिहारअघि यस्तो छलफल गर्ने मोटामोटी सहमति भए पनि मिति भने तय भएको छैन । बैठकमा समितिका सभापति जुठबहादुर खड्गी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू