अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

अफगानिस्तानमा अपहरणमा परेका दुई रेडक्रस कर्मचारी अपहरणमुक्त

बिआरटीनेपाल २०७४ भदौ २० गते २१:११ मा प्रकाशित

काबुल (अफगानिस्तान), २० भदौ । सात महिना पहिले सहयोगका सामग्री लिएर जानेक्रममा अपहरणमा परेका दुई कर्मचारी मङ्गलवार रिहा भएका अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आइसिआरसी)ले जनाएको छ ।
राहतको सामान लिएर जाने क्रममा उत्तरी प्रान्त जोजजानमा अफगानी विद्रोही समूहले फेब्रुवरी ८ गते आक्रमण गर्दा राहत सामग्रीसहित गएका छ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई रेडक्रस कर्मचारीलाई अपहरण गरिएको थियो ।

“ हाम्रा सहकर्मीको सात महिनापछि भएको सकुशल रिहाइले हामीले राहत महसुस गरेका छौँ साथै यसबाट हामीलाई राहत मिलेको छ,” अफगानिस्तानका लागि आइसीआरसी प्रमुख मोनिका जानरेलीले जारी गरेको एक विज्ञप्तिमा बताउनुभएको छ ।

“उहाँहरूको अपहरण र छ जना सहकर्मीको हत्याले विशेष गरी पििडत परिवार, मित्रजन तथा साथै हामी सबैमा पीडा महसुस भएको थियो ।”

आइसिआरसीले अपहरणकारीको पहिचान भने खुलाएको छैन । अफगानिस्तानको सबैभन्दा ठुलो विद्रोही समूह तालिवानले घटनामा आफ्नो सम्लग्नता नरहेको जनाएको थियो । प्रहरीले घटनामा आइएस विद्रोहीसँग आबद्ध रहेको स्थानीय विद्रोहीको सम्लग्नता रहेको बताउँदै आएको थियो । रासस÷एएफ्पी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू