अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

बाल्टिमोरमा नेपालीहरूको सामुदायिक भवन

बिआरटीनेपाल २०७४ भदौ २० गते १७:३९ मा प्रकाशित

बाल्टिमोरमा नेपालीहरूको साझा र पुरानो संस्था बाल्टिमोर एसोसेसन अफ नेप्लिज इन अमेरिका (बाना ) ले केही वर्ष पहिला देखी सुरु गरेको सामुदायिक भवनको योजनाले अब मुर्त रूप लिन थालेको छ । हालसालै बानाले एउटा प्राविधिक समिति बनाइ सीमित स्रोत साधानको उपयोग गर्दै बाल्टिमोरका नेपालीहरूका लागी व्यावहारिक रूपमा उपयुक्त हुने भवन स्थान छनोट गर्न र त्यसको लागी आर्थिक स्रोत जुटाउन आर्थिक समिति मार्फत कार्यक्रम अगाडी बढाएको थियो बानाको पूर्व अध्यक्ष /इन्जिनियार कुलमणी आचार्य समयोजकत्यमा प्राविधिक समितिको सिफारिसमा बाल्टिमोरको टाउसनमा एउटा भवन किन्ने समझौता गरी त्यसको लागी आर्थिक स्रोत जुटाउन बाना लागी परेको कुरा बानाका वरिष्ठ उपाध्यक्ष सुबोध बिलास पन्तले बताउनु भयो ।

हालको भवनलाई नेपाली स्रोत केन्द्रको रूपमा स्थापना गरी बाल्टिमोर तथा म्यारिल्यान्ड राज्य भित्रका विभिन्न सघ संस्था समूह तथा व्यक्तिहरूको सम्लग्नतामा निकट भविष्यमा नै सामुदायिक केन्द्र निर्माण गर्ने योजनाका साथ सुरु गरिएको यो अभियानले बाल्टिमोरका नेपालीहरुमा नयाँ उत्साह थपिएको छ ।

बानाले खरिद गर्न लागेको भवनमा हाल बानासहित अन्य सङ्घ संस्थाहरूको कार्यालय रहने र सनो तथा मझौला खालको कार्यक्रम गर्न मिल्ने बैठक तथा पार्टी हल भएको जनाइएको छ । एसका लागी बृस्थित जानकारी दिने उधेस्यले आउदो सेप्टेम्बर १०, आइतबारको दिनमा स्थानीय बटर चिकेन रेस्टुरेन्ट टाउसनमा बानाले एक कार्यक्रमको आयोजना गर्ने र त्यसमा उपस्थित भई सामुदायिक केन्द्रको योजनालाई सहयोग गर्न वानकी अध्यक्ष श्री अनसुया श्रेष्ठ वान्तले सम्पूर्ण नेपाली दाजुभाइ तथा सङ्घ संस्थाहरूलाई हार्दिक अनुरोध गर्नु भएको छ ।

कार्यक्रम स्थल :
Butter chicken Restaurant
6837 loch raven blvd
Towson MD 21286

मिति तथा समय:
Sep 10, 2017 Sunday (11 AM- 2 PM)

प्रतिक्रिया