अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०९ | Colorodo: 12:24

अमेरिकाद्वारा कोरियाविरुद्ध सबभन्दा कडा कारवाही गर्ने चेतावनी

बिआरटीनेपाल २०७४ भदौ २० गते ८:१९ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूत निक्की ह्यालेले उत्तर कोरिया माथीको आफ्नो धैर्यता अव यथावत् नरहने बताएकी छन् । उत्तर कोरियाली नेता किम जङ्का व्यवहारले उनले युद्ध मागिरहेको देखाउने भन्दै अमेरिकाले अव कोरियाविरुद्ध सम्भव भएसम्मको सबभन्दा कडा कारवाही गर्ने चेतावनी दिएकी हुन् ।

राजदूत निक्की ह्यालेका अनुसार उत्तर कोरियाले गरेको पछिल्लो परमाणु परीक्षणबारे असन्तुष्ट रहेको अमेरिकाले २४ वर्षदेखिको कुटनीतिक प्रयास विफल भएको र यसको प्रतिकार गर्ने अमेरिका अव लाग्नै पर्ने बताएकी छन् । धैर्यताको फाईदा उठाएको आरोप लगाउँदै उनले अमेरिकालाई चुनौती दिँदा उत्तर कोरियाले बेहोर्नुपर्ने अप्ठ्यारोको पनि संकेत दिएकी छन् । परमाणु कार्यक्रम रोक्न अमेरिकाले निरन्तर गरिरहेको कुटनीतिक प्रयास सफल नभएपछि ह्यालेले उत्तर कोरियालाई कडा कावार्ही गर्न सुरक्षा परिषदलाई आह्वान समेत गरेकी छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू