अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

पूर्व प्रधानमन्त्री भूट्टोकोे हत्या मुद्दामा अदालती कारबाही सामना गर्न मुशर्रफ पाकिस्तान आउने

बिआरटीनेपाल २०७४ भदौ १८ गते १७:५८ मा प्रकाशित

इश्लामावाद (पाकिस्तान), १८ भदौ । पाकिस्तानी पूर्व सैनिक शासक प्रवेज मुशर्रफले आफू पूर्व प्रधानमन्त्री बेनेजिर भूट्टोको हत्याबारे लागेको मुद्दाको सामना गर्न पाकिस्तान आउने बताउनुभएको छ ।

पाकिस्तानी एक अदालतले बिहीबार भूट्टोको हत्या मुद्दामा सुनुवाइ गर्दै सन् २००७ मा भएको घटनामा सम्लग्न भनी आरोप लगाइएका पाँच जनालाई सफाई दिएको छ भने मुशर्रफलाई अदालतमा हाजिर नभै भागिरहेको जनाएको छ ।
मुशर्रफद्वारा आइतबार सन्चारकर्मीलाई उपलब्ध गराइएको वक्तव्यमा भनिएको छ, “रावलपिन्डी प्रति आतङ्कवाद अदालतको फैसला आफ्नो विरुद्धमा छैन ।”

“म पक्कै पनि पाकिस्तानमा आउने छु र उक्त मुद्दाको सामना गर्नेछु,” उहाँले भन्नुभएको छ ।”

अदालतले मुशर्रफलाई ‘भगौडा’ भन्दै उहाँको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश दिएको छ ।

मलाई बेनजिर भूट्टोको हत्या आरोपमा मुछिएको छ र राजनैतिक पीडित बनाइएको छ । तर मैले उहाँको असामयिक तथा दुखद हत्यामा मेरो कुनै सम्लग्नता रहेको छैन । रासस÷एएफ्पी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू