अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

नेपाली काँग्रेस महोत्तरीद्वारा उम्मेदवार चयन

बिआरटीनेपाल २०७४ भदौ १८ गते १६:०९ मा प्रकाशित

गौशाला, १८ भदौ । प्रदेश नं. २ अन्तर्गत नेपाली काँग्रेस, महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारादेवी महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनुप्रसाद अधिकारी र उपप्रमुखमा सुशिला देवी महतो, जलेश्वर नगरपालिकाको प्रमुखमा अशोककुमार साह र उपप्रमुखमा अनितादेवी शर्मालाई चयन गरिएको छ ।

त्यस्तै, मटिहानी नगरपालिकाको प्रमुखमा जयकुमार चौधरी र उपप्रमुखमा जुमैदा खातुन, मनरासिस्वा नगरपालिकाको प्रमुखमा किशोरकुमार सिंह ‘प्रितम’ र उपप्रमुखमा आशादेवी सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा राजाराम यादव र उपप्रमुखमा पुष्पादेवी महतोलाई चयन गरिएको छ ।

त्यस्तै, पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामरतीदेवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, सोनमा गाउँपालिकाको अध्यक्षमा नवलकिशोर यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा शेष रकिव, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा जानकी देवी महतो र औरही नगरपालिकाको प्रमुखमा सुनिलकुमार यादवलाई चयन गरिएको सभापति यादवले बताउनुभयो ।

सोनमा र सम्सी गाउँपालिकाको उपाध्यक्ष र औरही नगरपालिकाको उपप्रमुखको चयन सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, बलवा, भंगहा र लोहारपट्टी नगरपालिकाको प्रमुख एवं उपप्रमुखमा विवाद देखिएकाले पार्टी केन्द्रीय कार्यालयले नै निर्णय गर्ने पनि उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू