अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

एनआरएन युकेको युवा संयोजकमा लालबहादुर गुरुङको उम्मेदवारी 

बिआरटीनेपाल २०७४ भदौ १८ गते १०:४१ मा प्रकाशित
आगामी सेप्टेम्बर ९ हुन लागेको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा युवा संयोजक पदमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा रहेर लामो समयदेखि व्यवसायसँगै समाजसेवा काम गर्दै आएका गुरुङले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार थालेको बताएका छन् ।
गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मेडिया सेक्रेटरी समेत छन् । आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु निकै चर्चित व्यक्ति हुन् । ‘अहिलेका युवाले के चाहन्छन् र युवाले लिने अबको बाटो कस्तो हुनुपर्छ भन्ने मैले नजिकबाट बुझेको छु,’ युवा संयोजक पदका उम्मेदवार गुरुङले भने, ‘मैले रहरले भन्दा पनि बेलायतमा रहेका युवालाई संगठित गर्न र युवाको मनोभावना अनुसार काम गर्न उम्मेदवारी दिएको हुँ ।’
बेलायती नेपालीका समस्यालाई नजिकबाट नियालेकाले ती समस्याका समाधान खोज्न र संस्थालाई सही मार्गमा हिँडाउन आफुले युवाको नेतृत्व गर्न चाहेको उनले बताए ।
बिगतमा एनआरएनमा रहेर काम गरेको अनुभव आफुसँग नभए पनि एनआरएनलाई नजिकबाट नियालेको र अन्य विभिन्न संस्थामा काम गरेको अनुभव भएकाले बेलायती नेपालीले माया गर्ने विश्वास उनको छ । युवामुखी योजना र काम गर्ने दृढ संकल्पका साथ प्रवासी बेलायती युवा र नेपाली समुदायमाझ विभिन्न महत्वपूर्ण ल्याउने उनले बताए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू