अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३० | Colorodo: 20:45

डिसीमा युएस नीति अनुसन्धान केन्द्रको दोस्रो वार्षिक सम्मेलन सुरु

बिआरटीनेपाल २०७४ भदौ १७ गते १८:०४ मा प्रकाशित

युएस नीति अनुसन्धान केन्द्रको दोस्रो वार्षिक सम्मेलन सुरु डिसी महानगर को भर्जिनियामा सुरु भएको छ l कार्यक्रममा संस्थाका अध्यक्ष अमोद कुमार पोख्रेल(बिद्या वारिधि )ले स्वागत गर्दै संस्थाको बारेमा चर्चा गरेका थिए l सदस्य सचिव अर्जुन बन्जाडे (बिद्या वारिधि )ले संस्थाको बारेमा चर्चा गर्दै सन् २०१३ देखि संस्था कसरि जन्मियो ,यसको अवधारण तथा अन्य जानकारी गराएका थिए l आज २२ वटा कार्यपत्र प्रस्तुति हुने र गत वर्ष सिकागोमा भएको सम्मेलनमा १७ वटा कार्यपत्र प्रस्तुति गरेको जानकारी अर्जुन बन्जाडे(बिद्या वारिधि) दिएका थिए l

कार्यक्रम को सुरुवात परिचय बाट सुरु गरिएको थियो l औपचारिक कार्यक्रम तथा भाषण कार्यक्रम नराखी कार्यक्रम सञ्चालन गरिएको थियो l युएस एनपीआरसी का सदस्य तथा भर्जिनिया निवासी देश राज संयोक(बिद्या वारिधि) ले धन्यवाद ज्ञापन गरेका थिए l सम्मेलनको लागि अमेरिकाका विभिन्न राज्यहरुबाट कार्यपत्र प्रस्तुति गर्न को साथै सहभागी हुन् आएका थिए l 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू