अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

ताजिकिस्तानबिरुद्ध नेपाली फुटबल टोली घोषणा

बिआरटीनेपाल २०७४ भदौ १७ गते १६:११ मा प्रकाशित

काठमाडौँ, १७ भदौ । ताजिकिस्तानविरुद्ध मङ्गलवार हुने खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो ।

एसियन कप–२०१९ को छनौट चरण अन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मङ्गलवार एन्फा मैदान सातदोवाटोमा प्रतिस्पर्धा गर्नेछ ।

घोषित नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकः किरणकुमार लिम्बु, विशाल श्रेष्ठ र बिकेश कुथु, डिफेण्डरमा बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ रहेका छन् ।

यसैबिच, मिडफिल्डरमा सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर र सुजल श्रेष्ठ तथा स्ट्राइकरमा विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् । रासस

फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू