अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

राजनीति फोहरी खेल होइन, खेलाडी फोहरी हुन् -सभापति राठौर 

बिआरटीनेपाल २०७४ भदौ १७ गते १२:१० मा प्रकाशित
संसदका सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीतिक फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताएका छन् ।  शनिबार संवाद डबलीमा ‘रसाईली बन्धु एकता समाज’ आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति राठौरले भने, “राजनीतिक आफैमा फोहरी खेल होइन, राजनीतिककर्मी फोहरी छन् ।
राजनीति विना राज्य र नागरिकको कल्पना गर्न सकिदैन त्यसैले राजनीतिक अनिवार्य छ तर छलछाम र झुटको राजनीति होइन ।” उनले राजनीतिमा असल र योग्य व्यक्तिको खाँचो भएको बताउँदै सेवा, निष्ठा, त्याग नै राजनीतिक अर्थ भएको बताए ।
नयाँ कार्यसमितिलाई धबाई दिँदै सभापति राठौरले जातीय विभेदविरुद्ध लाग्न समाजलाई शुभकामना दिए ।
कार्यक्रममा सांसद जगदिश्वर नरसिंह केसीले देशमा गणतन्त्र आईसकेका कारण जातकै कारण कसैले हितबोध गर्नु नपर्ने बताए । सबै पार्टीमा आस्था राखेपनि सामाजिक कार्यमा एकजुट भएर लाग्नुपर्ने जोड दिए ।

त्यसैगरी कार्यक्रममा प्रहरी उपरिक्षक डम्बर विश्वकर्मा रसाईली, आरआर क्याम्पसका प्राध्यापक तिलक बहादुर विश्कर्मा रसाईली, चर्चित गायीका जिना रसाईली, पत्रकार टंक पन्तलगायतले समाजलाई रसाईलीहरुको हक अधिकारको लागि दृढतापूर्वक काम गर्न शुभकामना दिएका थिए ।
समाजका अध्यक्ष मणिराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचाल वाटर रसाईलीले गरेकी थिइन् ।
हालै गठन भएको समाजको कार्यसमितिका पदाधिकारी र सदस्यमा निम्न व्यक्तिहरु रहेका छन् ।  सहअध्य चित्रबहादुर रसाईली, उपाध्यक्ष मनिषा सुनार रसाईली, महासचिव मेखबहादुर रसाईली, कोषाध्यक्ष शेरबहादुृर सुनार, सचिव भीमबहादुर बिक रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा अमृत सुनार, जीतमाया विश्वकर्मा, तारा कुमारी विश्वकर्मा, भीमबहादुर रसाईली, महेश कुमार रसाईली, कमल बहादुर विश्वकर्मा र सुरेश बिक रसाईली रहेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू