अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

सान छात्रवृत्ति सहयोगार्थ डिसीमा “कलिउड नाइट २०१७”

बिआरटीनेपाल २०७४ भदौ १६ गते १९:५५ मा प्रकाशित

केसी डान्स सेन्टरका सञ्चालक तथा युवा नृत्य निर्देशक नवीन केसी तथा कलाकार पुष्कर पन्तको पहलमा आउँदो अक्टोबर १४, तदनुसार आश्विन २८ गते शनिवारका दिन “कलिउड नाइट २०१७” हुने भएको छ l सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान )संस्थाले सञ्चालन गरेको नेपालका दलित तथा शोषित बालबालिकाको छात्रवृत्ति सहयोगार्थ डिसीमा “कलिउड नाइट २०१७” गरिने भएको जानकारी केसीले दिएका छन् l उन्ले सबै लाई चुलो निम्तो यसै बाट गरेको जानकारी दिएका छन् l

“कलिउड नाइट २०१७” एनानडेल स्थित नोभा कम्युनिटी कलेजको प्रेक्षालयमा सगौरव प्रस्तुत गरिने छ l उक्त कार्यक्रममा नेपाली चलचित्र जगतका चर्चित कलाकार तथा स्थानीय प्रतिभाशाली कलाकारहरूको आकर्षक प्रस्तुतिका साथै पहिलो पटक स्थानीय “सुपर मम” को पनि प्रस्तुति रहनेछ |

विशुद्ध नेपाली संस्कृति ,नाचगान र गीतले भरिपूर्ण मनोरन्जनात्मक कार्यक्रम हेर्नको लागी डिसी क्षेत्रका नेपाली समुदायलाई आयोजक को तर्फ बाट कलाकार पुष्कर पन्तले आग्रह गरेका छन् l उक्त कलिवुड रात्रि कार्यक्रममा नायिका झरना थापा ,नायक जीवन लुइँटेल ,राज बल्लव कोइराला ,राम प्रसाद खनाल ,रतन सुबेदी ,अमृत लामा ,मिनाक्षी बन्दना ,पुष्कर पन्त ,स्मृति पोख्रेल ,राजेश नाथ ,नवीन केसी ,लुना श्रेष्ठ ,सुनिक्षा मैनाली तथा अन्य स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति हुने छ l

प्रतिक्रिया