अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

अगस्तमा अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

बिआरटीनेपाल २०७४ भदौ १६ गते १९:२८ मा प्रकाशित

वासिङ्टन, १६ भदौ । अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ । अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला वर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन् । अमेरिकी अर्थतन्त्रमा नौ वर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमशः सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देखिएको छैन ।

अमेरिकी श्रम विभागले बेरोजगार दर ४.४ प्रतिशत पुगेको छ । जुन र जुलाईमा बेरोजगारको सङ्ख्या घटेर ४१ हजारमा पुगेको थियो । अमेरिकी अर्थतन्त्रको सुधारसँगै गरेको योगदानले यसबर्ष औषतमा एक लाख ७६ हजार रोजगारका अवसर सिर्जना भएको बताइएको छ । रासस÷एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू