अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

सेजन अध्यक्षमा आचार्य निर्वाचित

बिआरटीनेपाल २०७४ भदौ १६ गते १८:२८ मा प्रकाशित

काठमाडौँ, १६ भदौ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित हुनुभएको छ ।

यहाँ आज सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गर्नुभयो ।

महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गर्नुभयो । सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी सदस्यमा एलिजा उप्रेती (१५७), हिमाल पौडेल (१४५), सागर घिमिरे(१२८), कृष्ण रिजाल (१०९) र शिव बोहोरा (९९) मतका साथ विजयी हुनुभएको निर्वाचन समितिका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष आचार्यले रासससँग कुरा गर्दै पत्रकारको क्षमता विकास गर्न तालिम तथा अन्य गतिविधिलाई बढावा दिने र आर्थिक पत्रकारलाई मुलुकको अर्थतन्त्रको सन्दर्भ सामग्रीका रुपमा समेत विकास गर्न पहल गरिने बताउनुभयो ।

राजधानीमा शुक्रवार आयोजित नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १८आँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल राष्ट्र बैङ्कका गर्भनर डा चिरञ्जीवी नेपाललगायत । तस्बिर: प्रदीपराज वन्त, रासस

अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’मा कार्यरत आचार्य ११ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशील हुनुहुन्छ । अंग्रेजीमा स्नातक आचार्य सेजनका सदस्य, महासचिव, उापध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू