अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

सेप्टेम्बर २२ मा हुने आरएनआर ग्रुपको ‘जीवनशैली’लाई ५ मोडल छनोट

बिआरटीनेपाल २०७४ भदौ १६ गते १०:२१ मा प्रकाशित

आरएनआर ग्रुपले आउँदो २२ सेप्टेम्बरमा पोखरामा भव्य फेसन शो आयोजना गर्दैछ । ‘जीवनशैली’ नाम दिइएको उक्त फेसन शोका लागि मोडलहरुलाई पहिलो अडिसन राजधानीमा गरिएको छ । राजधानीमा गरिएको अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएका थिए, जसमध्ये ५ जना छनोट भएका छन् ।

राजधानीको पहिलो चरणको अडिसनमा फोटोग्राफर राजभाई सुवाल, मोडल विपना थापा, पत्रकार डब्बु क्षेत्री, फ्लाईटेकका निर्देशक नाजिर हुसैन लगाययत निर्णायक थिए ।

काठमाडौंपछि पोखरामा अडिसन लिइने आयोजकले जनाइएको छ । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार पोखरामा यही आउँदो आइतबार अडिसन लिइँदैछ । मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्नका लागि विभिन्न मोडलिङबारे इभेन्टहरु गर्दै आएको आरएनआर गु्रपले यसअघि राजधानीमा फेसन गर्दै आएको थियो ।

पोखरामा भने पहिलोपटक फेसन शो गर्न लागेको हो । शो पोखरास्थित होटल बाराहीमा हुने बताइएको छ ।

प्रतिक्रिया