अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

दयाराम दाहाल निर्देशित चलचित्र ‘रानी’ कार्तिक २ बाट देशभर (टिजर)

बिआरटीनेपाल २०७४ भदौ १६ गते १०:०७ मा प्रकाशित

चलचित्र क्षेत्रमा लामो निर्देशकिय अनुभव बटुलेका दयाराम दाहालको निर्देशनमा बनेको चलचित्र रानी कार्तिक २ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । केहि दिन अघिमात्र फिल्म  टिजर सार्वजनिक गरेको ‘रानी’ युनिटले यो चलचित्र कार्तिक २ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएको हो ।

सार्वजनिक म्युजिकल टिजरमा डेब्यु अनुहारसंगै कथावस्तुलाई प्रस्ट्याउने प्रयत्न गरिएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ ।

फिल्मको टिजरमा गीतका केहि दृश्य र फिल्मको ट्वीस्टलाई समेटिएको छ । फिल्ममा अनुप विक्रम शाही पनि छन् । उनि फिल्ममा एन्टागोनिस्ट छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने नै अनुप देखिएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित यस फिल्मलाई पुरुषोत्तम प्रधान , सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । फिल्ममा विजय घिमिरेको संगीत , अर्जुन जिसीको सम्पादन रहेको छ भने फिल्मलाई बिमल मान गुभाजुले निर्माण गरेका हुन् ।

दयाराम दाहाल ( मैले अघिल्ला फिल्मको तुलनामा यसमा आफुले नै आफुलाई अपडेट गरेको छु । युवापुस्ताको प्रेम कथा भएकोले यसमा मैले नयाँ अनुहारसंगै युवापुस्ताका अनुहारलाई कास्ट गरेको हु । फिल्ममा सुक्ष्म मायालाई दर्साउँन खोजिएको छ । युवापुस्ताले जसरि मायालाई लिईरहेको छन् , त्यसलाई पनि देखाउने कोशिस त छनै साथै मायाको महत्व बुझाउने प्रयास पनि हो फिल्म रानी ।

 

प्रतिक्रिया