अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

आदिबासी र जनजातीका मन्त्रीहरुलाई संघको सम्मान

बिआरटीनेपाल २०७४ भदौ १६ गते ८:४४ मा प्रकाशित

नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाती संघले वर्तमान मन्त्रिपरिषद्मा पार्टीबाट प्रतिनिधित्व गर्ने आदिवासी जनजातिका मन्त्रीहरुलाई सम्मानित गरेको छ । शुक्रबार बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय,बीपी नगर सानेपामा आयोजित विशेष कार्यक्रममा वर्तमान मन्त्रिपरिषद्म कांग्रेसबाट प्रतिनित्व गर्नुहुने आदिवासी र जनजातीका माननीय मन्त्री तथा राज्य मन्त्रीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेसका आदिवासी जनजाती संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका आदिवासी र जनजातीका मन्त्रीहरु गोपालमान श्रेष्ठ–उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री, भिमसेनदास प्रधान–रक्षामन्त्री, दिलमान पाख्रिन–कानुन तथा न्याय मामिला राज्य मन्त्री, सिता गुरुङ्ग –भौतिक योजना तथा यातायात राज्यमन्त्री, अमर सिंह पुन–सिंचाई राज्य मन्त्री, तेजुलाल चौधरी –खेलकुद राज्य मन्त्री, डिल्लीबहादुर चौधरी –श्रम तथा रोजगार राज्य मन्त्री सम्मानित हुनुभएको थियो ।

नेपाल आदिवासी जनजाती संघका महासचिव प्रशान्त कुमार राईले बधाई तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू