अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

नेपाली समाज ह्युस्टनद्वारा बाढी प्रभावितको लागि सहयोग अभियान

बिआरटीनेपाल २०७४ भदौ १६ गते ४:१७ मा प्रकाशित

गत शुक्रबार अबेर आएको ‘हरिकेन हार्भी’ पछि शुरुभएको अत्यधिक वर्षाबाट ग्रेटर ह्युस्टन र आसपासका हजारौं बासिन्दाहरु नराम्रोसंग प्रभावित भएकाछन्। अमेरिकी इतिहासकै अत्यासलाग्दो बाढीबाट हजारौं घर, व्यवसाय र लाखौं सवारी साधनहरुलाई क्षति पुय्राएकोछ भने लाखौं टेक्ससबासीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएकाछन्। अत्यधिक बर्षाका कारण अधिकाँश सडक र मुख्य राजमार्गहरु बाढीग्रस्त भएका थिए भने कतिपय सडक र बस्तीहरु अझसम्म पानीले भरिएकाछन्।

नेपाली समाज ह्युस्टनका महासचिव विष्णु नेपालका अनुसार यो विनाशकारी बाढीबाट करीब दुईदर्जन नेपाली परिवारहरु प्रत्यक्ष प्रभावित भएकाछन्। उनीहरुको घर, अपार्टमेण्ट, सवारी साधन लगाएतका व्यक्तिगत सम्पतिको नोक्सान भएको प्रारम्भिक अनुमानछ। घर वा अपार्टमेण्ट डुबानमा परेका नेपालीहरु हाल आफन्त र साथीभाईकोमा आश्रय लिइरहेकाछन्।

यो बिपदमा परेका नेपाली परिवार लागाएत ग्रेटर ह्युस्टनका बाढी प्रभावितहरुको सहयोगार्थ नेपाली समाजले पनि सक्रीयता देखाउँदै ‘गोफण्डमी’ एकाउण्ट मार्फत सहयोगको अपील गरेकोछ। करीब एकलाख डलर सहयोगको लक्ष्य सहित राहत सहयोग अभियान शुरुवात गरिएको र संकलित सहयोगको पहिलो प्राथमिकतामा बाढी प्रभावित नेपाली परिवार हुनेछन् भने सहयोगको केही हिस्सा राहत र उद्दारमा संलग्न संस्थालाई हस्तान्तरण गरिने जानकारी महासचिव नेपालले गराए। आपतकालिन राहतका लागि आवश्यक सहयोग जुटाउने अभियानमा सहभागी भएर सक्दो सहयोग गर्न ह्युस्टन लगाएत अमेरिकी अन्य शहर र संसारभरका नेपाली दाजुभाई/ दिदी-बहिनीहरुलाई नेपाली समाज ह्युस्टनले अपील गरेकोछ। सहयोगको लागि यो लिंकमा क्लिक गर्न सकिनेछ।

https://www.gofundme.com/49g4sg-nah-hurricane-harvey-relief-fund

यसैगरी बाढी प्रभावितहरुले क्षति भएको भौतिक सम्पतिको वीमा नगरेको भए आफ्नो क्षतिको विवरण अमेरिकी सरकारको संघीय बिपद व्यवस्थापन निकाय (Federally Emergency Management Agency-FEMA) को तल उल्लेखित लिंकमा गएर आवश्यक क्षतिपूर्तिको लागि अनरोध गर्न सकिने जानकारी प्राप्त भएकोछ।

http://disasterassistance.gov

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू