अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

चीनको गुईझाउमा पहिरोमा २६ जनाको मृत्यु

बिआरटीनेपाल २०७४ भदौ १५ गते १९:५६ मा प्रकाशित

गुईयाङ (चीन), १५ भदौ । चीनको दक्षिणपश्चिमी गुईझाउ प्रान्तमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या बिहीबार सम्म २६ पुगेको छ ।

पहिरोमा परी हराइरहेका मध्ये नौ जना अहिले सम्म पनि भेटिएका छैनन् भने आठ जना घाइते भएका छन् । उद्धारकर्ताहरुले हराइरहेकाको खोजी कार्य अझै पनि जारी राखेको स्थानीय अधिकारीले बताएका छन् ।

पहिरो गएदेखि अहिले सम्म स्थानीय प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मी र स्थानीय सरकारी कर्मचारी गरी २८ हजार जना खोजी तथा उद्धारमा खटिएका थिए ।

उनीहरुसँगै ११० वटा आपत्कालीन सवारी साधन, आठ वटा ड्रोन पनि खोजी तथा उद्धारमा परिचालन भएको उद्धार केन्दिीय कार्यालयले जनाएको छ ।

अर्थ र नागरिक मामिला मन्त्रालयले संयुक्त रूपमा पहिरो प्रभावित क्षेत्रकालागि सहायता कोष छुट्याएर राहत वितरण गरेका छन् । पहिरोले ८० घरका कुल २८९ जना प्रभावित भएका छन् ।

स्थानीय समय अनुसार सोमबार बिहान १०.४० मा आएको पहिरोले छ लाख क्युविक मिटर ढुङ्गा माटो बगाएको सरकारी अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् ।

गत हप्तादेखि चीनका विभिन्न ठाउँमा ठुलो मात्रामा वर्षा भएको छ । सामान्यतया यस्ता वर्षा हुँदा चीनका ग्रामीण र पहाडी क्षेत्रहरूमा बेलाबेलामा पहिरो जाने गरेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू