अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

महापुराणबाट १५ लाख ५० हजार डलर उठयो, नेपाली सांस्कृतिक केन्द्र बन्ने सुनिश्चित

बिआरटीनेपाल २०७४ भदौ १५ गते १९:४६ मा प्रकाशित

विजय थापा
अमेरिकाको नेपाली समुदायको मुनाफारहित सामाजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गरी गत अगस्त २९ तारिख अन्तिम दिन सम्म १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट उठाएको छ l

यस खुसीको खबरले न्युयोर्कबासि खुसी भएका छन् अब न्यु योर्कमा नेपाली सांस्कृतिक केन्द्र तथा दुर्गा मन्दिर बन्ने पक्का भएको छ l गत अगस्त २३ बुधवार देखि अगस्त २९ मङ्गलवार सम्म भएको उक्त महा पुराणमा हरेक साँझ ४ बजे देखि राती १० बजे सम्म चलेको थियो l

महा पुराणको अन्तिम दिन अगस्त २९ तारिख नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले अन्य पदाधिकारीहरुको उपस्थितिमा महा महापुराणमा १ लाख २५ हजार ५ सय ५५ डलर प्रदान गरेका छन् l नेपाली जन सम्पर्क समिति अमेरिका अहिले सम्म कै सबै भन्दा ठुलो रकम दान दिने संस्था बनेको छ l 

आज अगस्त २९ तारिखका दिन रिजउड नेपाली समाजका पूर्व अध्यक्ष श्री पराजुलीले अहिले सम्म कै व्यक्तिगत दान १ लाख ११ हजार १ सय ११ डलर गरेका छन् l यसै गरी एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले १० हजार १ डलर दान दिएका छन् l गौरी जोशीले ५ हजार ५ सय ५५ डलर र ५५ सेन्ट सहयोग गरेका छन् l एनआरएन अमेरिका कि वर्तमान उपाध्यक्ष रबिना थापाले १४ हजार ८ सय ८३ डलर दान गरेकी छिन् l

संस्थाले दिनानुदीन बढदै गई रहेको नेपालीहरूको आगमन र अमेरिकामा जन्मेका हुर्केका बालबालिकालाई सांस्कृतिक केन्द्रका माध्यमद्वारा एक असल संस्कारी नेपालीको पहिचान दिन सकियोस भन्ने उद्देश्यले दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणको सहयोगार्थ सप्ताहब्यापी ऐतिहासिक दोस्रो बृहत् श्रीमद्भ भागवत पुराणको आयोजना गरेको हो l

वाचन प्रवीण दीनबन्धुको प्रमुख वाचकत्वमा श्रीमद्भ भागवत पुराणको आयोजना भएको थियो भने यसको लागि मूल समारोह समिति गठन गरिएको थियो l

महा पुराणमा कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिएको थियो l कार्यक्रम अवधि भर सांस्कृतिक केन्द्रको निर्माणका लागी करिब १० (दस लाख) डलर सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको ऐतिहासिक दोस्रो भागवत बृहत् महापुराणमा १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट डलर उठाउन सफल भएको छ l

स्मरण रहोस् रिजउड नेपाली समाज बिशुद्ध सामाजिक सेवाको भावनाले स्थापित गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो । नेपाल र नेपालीको धर्म कला, संस्कृति र परम्पराको जगेर्ना गरी अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका नेपालीहरुमा आइ पर्ने विविध समस्या समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले सन् २००३ मा दर्ता भई कानुनी मान्यता प्राप्त गरेको छ l 

संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी करिब ५ हजार वर्ग क्षेत्रफल भएको आफ्नै स्वामित्वमा रिजउडमा जग्गा २०११ं मा खरिद गरेको छ l र अब सोही स्थानमा दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्र बन्ने ढोका खुलेको छ l कार्यक्रम सत्यनारायण मन्दिरमा भएको थियो भने नगद ,धनादेश (चेक ) सहित प्रतिबद्धता जाहेर गरेको आयोजकले जनाएका छन् l 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू