अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

एनआरएनए अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ मा

बिआरटीनेपाल २०७४ भदौ १५ गते १९:३२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको स्थगित भएको निर्वाचन आगामी महिनाको सेप्टेम्बर ५ र ६ तारिखका दिन मतदान गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । अदालतबाट पत्र प्राप्त भए लगत्तै उम्मेदवारको संशोधित र अन्तिम सूची पनि बुधवारनै सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी गराएको छ । समितिले यसपटकको निर्वाचनमा अनलाइन प्रणाली मार्फत मतदान गर्ने व्यवस्था गरेको छ ।

यस अघि एनआरएनए अमेरिकाको निर्वाचन मिति अगष्टको दोस्रो साता तोकिएको थियो तर उम्मेदवारको विवादका कारण अध्यक्ष उम्मेदवार गौरीराज जोशी र महासचिव उम्मेदवार पूर्ण बानियाले मुद्दा दायर गरेपछि टेनेसी अदालतले तत्काल निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेपछि निर्धारित मितिको निर्वाचन स्थगन भएको थियो । अदालतमा दायर गरिएको मुद्दा वादी पक्षले फिर्ता लिएपछि स्थगित भएको निर्वाचन कार्यक्रम निर्वाचन समितिले बुधवार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू