अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

सन फ्रान्सिस्कोमा मोती जयन्ती मनाइयो

बिआरटीनेपाल २०७४ भदौ १५ गते १९:०७ मा प्रकाशित

मोतीराम भट्टले नेपाली साहित्यमा मा दिएको योगदानलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दर्न क्यालिफोर्निया च्याप्टरले मोति जयन्ती मनाउने कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख बक्ता डा दुर्गा दाहालले मोति राम भट्टको जीवनी उनको बहु आयामिक व्यक्तित्व र उनले नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो भने रिता देवी प्रधान, बन्धु पोख्रेल, धर्म राज कोइराला, डा दुर्गा दाहाल,बाबु आचार्य, भगिरथ दाहाल,चीनकाजी श्रेष्ठ, सर्बज्ञ वाग्ले लगाएतका श्रष्टाहरुले कविता, गजल तथा गीत प्रस्तुत तथा वाचन गर्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ सङ्गीतकार मदन दिपविनले आफैले रचना गरी २०२६ सालमा रेकर्ड गराउनु भएको गीत गाएर सम्पूर्ण साहित्यकारहरुलाई मन्त्र मुग्ध बनाउनु भएको थियो । सो कार्यक्रममा नेपालका चर्चित साहित्यकार तेज राज खतिवडा(तेराख)को अवस्थल नामक पुस्तक संस्थाका अध्यक्ष सर्बज्ञ वाग्ले, प्रमुख अतिथि मदन दिपविन तथा महिला साहित्यकार रिता देवी प्रधानले विमोचन गर्नु भएको थियो ।

उक्त कार्यक्रमको दोस्रो चरणमा कृति समीक्षा राखिएको थियो जसमा नेपालका चर्चित साहित्यकार तेराखले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दर्न क्यालिफोर्निया च्याप्टरले २०४ औँ भानु जयन्तीमा प्रकाशन गरेको सङ्ग्रह “समुन्द्र पारिका सृजनाहरू”को समीक्षा गर्नु भयो भने तेराखको अवस्थल नामक पुस्तकको समीक्षा डा दुर्गा दाहालले गर्नु भएको थियो । लेखा बिद लक्ष्मण भण्डारीले वरिष्ठ साहित्यकार तेराखका बारेमा आफ्ना धारणा व्यक्त गर्नु भएको थियो भने तेराखको उपन्यास सर्बजा र अवस्थल पढदा आँफूलाई पारेको प्रभावका बारेमा रोचकसँग चर्चा गर्नु भएको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष घनश्याम न्यौपानेको व्यवस्थापन संयोजक भागिरथ दाहालको स्वागत मन्तव्य तथा बाबु आचर्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू