अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६
| Colorodo: 11:51
काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिनुभएको छ ।
ललितपुरबाट समानुपातिकमा सांसद् हुनुभएका उहाँले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिनुभएको हो । केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उहाँले बोधार्थ दिनुभएको जानकारी आएको बताउनुभयो ।
प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारबाही गरेको र संसद्मा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उहाँको राजीनामा आएको हुन सक्ने बताउनुभयो । रासस