अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

क्यानडामा प्रथम नेपाली प्रतिभा प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७४ भदौ १३ गते १२:११ मा प्रकाशित

नेपालीज् कम्युनिटी नेटवर्क अफ क्यानडा (एन=सि=एन=सि.) र नेपाली साहित्य समाज, क्यानडको संयुक्त आयोजनामा आयोजित प्रथम नेपाली प्रतिभा प्रदर्शन (क्यानेडियन नेपाली टेलेन्ट सो) सफलतापूर्वक गत आइतबार विशाल टोरोन्टोको ब्राह्म्टनमा अवस्थित एभरेस्ट टाईकाण्डोको प्रदर्शन हलमा सम्पन्न भयो । पहिलोपटक क्यानडाका बालबालिका र युवाहरुका बिच प्रतिभा प्रदर्शनीमा कविता वाचनमा ३, गायनमा ८ र नृत्यमा १८ जना ५ देखि २१ वर्षका बालबालिका र युवाहरूको सहभागिता रहेको थियो भने अप्रतियोगीता भएर आस्मा शर्माले बेले नृत्य प्रस्तुत गरेकी थिइन भने शार्दुल सुवेदीले बाँसुरी धुन सुनाएका थिए ।

प्रथम नेपाली प्रतिभा प्रदर्शनमा अविभावकहरुको उल्लेखनीय सहभागिता रहेको देखियो । तर संस्थागत रूपमा सहभागिता कमै देखिएको थियो भने कार्यक्रममा आयोजक समितिका सदस्यहरूको समेत अनुपस्थिति रहेको देखियो । तीन चरणमा आयोजित यस प्रतियोगात्मक प्रदर्शनीमा सहभागिहरुले कविता वाचन, गीत गायन र नृत्य प्रस्तुुत रहेको थियो । विशेष गरेर बालबालिका तथा युवाहरूलाई उनीहरूको प्रतिभाको मूल्याङ्कन गरेर प्रोत्साहित गर्ने उद्देश्यका साथ सम्पन्न यस प्रतियोगितात्मक कार्यक्रममा नेपाली र अङ्ग्रेजी दुवै भाषामा आआफ्नो प्रतिभा देखाउन बालबालिका तथा युवाहरू सफल भएका थिए । विशेष गरेर गीत गायनमा अङ्ग्रेजी गीतको बाहुल्यता रहेको थियो भने नृत्यमा नेपाली गीत र पहिरनमा नाच्नेहरु नै बढी देखिए । पहिलोपटक आयोजना भएकोले धेरैलाई जानकारी नभएकोले पनि उल्लेखनीय सहभागिताहरुको उपस्थिति थिएन । नेपाली बालबालिका र युवा प्रतीभाहरुलाई प्रोत्साहित गर्न आयोजित यस प्रतियोगितात्मक कार्यक्रममा श्रदेय कलाकर्मी तथा सांस्कृतिक दूत प्राज्ञ पूर्ण नेपालीको उपस्थिति रहनका साथै वहाँले मूल्याङ्कन समितिमा रहेर सहयोग गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बालबालिकाहरुका लागि गायन र नृत्यका केही साधारण जानकारी समेत प्रस्तुत गर्नु भएको थियो । साहित्यमा डा. गोविन्द रावत, गोपाीकृष्ण काफ्ले र गोविन्द घिमिरे, गायनमा पूर्ण नेपाली, मिङ्मा शेर्पा र विनोद ढुङ्गाना तथा नृत्यमा पूर्ण नेपाली रोशन के.सी. र डा. गोविन्द रावत मूल्याङ्कन समितिबाट अङ्कका आधारमा उत्तम, अतिउत्तम र उत्कृष्ठ समूहमा वर्गीकरण गरेर तीनै विधाबाट वर्षको प्रतिभा भनी सम्मानित गरिएको थियो ।

पहिलोपटक आयोजित क्यानेडियन नेपाली प्रतिभा प्रतियोगिताको नृत्यमा वर्षको प्रतिभा भनी ५ देखि १३ वर्षको बाल प्रतिभामा एजस्वी रेग्मी तथा १३ देखि २१ वर्षको युवा प्रतिभामा रिस्ता भुसाल घोषित भएका थिए । त्यस्तै गायन तर्फ ५ देखि १३ वर्षको बाल प्रतिभामा माया अडेविन्भी तथा १३ देखि २१ वर्षको युवा प्रतिभामा रुसाली थापा र कवितामा भनी ५ देखि १३ वर्षको बाल कवि ऋचा तिमिल्सिना तथा १३ देखि २१ वर्षको युवा कविमा किरण रेग्मी घोषणा भएका छन् ।
डा. गोविन्द रावतको संयोजकत्वमा गठन भएको प्रथम नेपाली प्रतिभा प्रदर्शन (क्यानेडियन नेपाली टेलेन्ट सो) समितिमा बालचन्द्र श्रेष्ठ सह–संयोजक, लिलानाथ पाण्डे सचिव र डी.आर. खनाल, गोपीकृष्ण काफ्ले र मुक्ति गौतम सदस्य भएर कार्यक्रमको सफलताका लागि सहयोग पु¥याउदै आउनु भएको थियो । गैर आवासीय नेपाली सङ्घका नवनिर्वाचित अध्यक्ष गोपीकृष्ण काफ्लेको प्रमुख आतिथ्य र प्राज्ञ पूर्ण नेपालीको उपस्थितिमा एनसिएनसिका अध्यक्ष डी.आर. खनालको सभापतित्वमा सम्पन्न प्रथम नेपाली प्रतिभा प्रतियोगिताको थालनी सह–संयोजक बालचन्द्र श्रेष्ठको स्वागत मनतब्यबाट भएको थियो भने समापन संयोजक डा. गोविन्द रावतको धन्यवाद ज्ञापनबाट भएको थियो । सचिव लिलानाथ पाण्डेको उद्घोषणका साथ आयोजित प्रथम नेपाली प्रतिभा प्रदर्शन कार्यक्रमको अन्तयमा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष गोपीकृष्ण काफ्ले र प्राज्ञ प्राज्ञ पूर्ण नेपालीले पुरस्कृत प्रतीभाहरुलाई कप, मेडल र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

प्रथम नेपाली प्रतिभा प्रदर्शनमा गीत तर्फ विभा श्रेष्ठ, लेना लामिछाने, माया अडेविन्भी, ऋचा तिमिल्सिना, रोसाइली थापा, श्रद्धा खड्का, गायन तर्फ रिस्ता भुसाल, नैना बुढाथोकी, निमीषा बुढाथोकी, आयुसी भट्टराई, आयुसा कँडेल, ओजस्वी रेग्मी, अलिसा त्रिपाठी, अनन्दीय श्रेष्ठ, प्रतीष्ठा श्रेष्ठ, अपेक्षा पाण्डे, विभा श्रेष्ठ, हिमानी खनाल, लेना लामिछाने, प्रसन्ना वाग्ले, प्रार्थना वाग्ले, , प्रयन्का काफ्ले, , प्रयन काफ्ले, सभ्यता शर्मा, शार्दुल सुवेदी, देभ्यम् सुवेदी र ऋचा तिमिल्सिनाको सहभागिता रहेको थियो । कवितामा भने किरण खनाल र ऋचा तिमिल्सिनाको मात्र सहभागिता रहेको थियो । पहिलोपटक आयोजना गरिएकोले यसलाई प्रोत्साहनका लागि आयोजित कार्यक्रमका रूपमा लनि सकिन्छ । आगामी वर्षमा पनि यसलाई निरन्तर दिँदै जाने अठोटका साथ कार्यक्रम समाप्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू