अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

न्युयोर्क महापुराणको छैठौ दिन सम्म ९ करोड संकलन

बिआरटीनेपाल २०७४ भदौ १३ गते १२:०६ मा प्रकाशित

न्यू योर्कमा स्थापित चर्चित रिडवुड नेपाली समाजले आयोजना गरेको श्रीमद्भागवत महापुराणको छैठौ दिन सम्म ९ करोड संकलन भएको छ l १० करोड अर्थात् १ मिलियन डलरको लक्ष्य राखी आयोजना गरिएको महापुराणबाट अगस्त २८ तारिख राती सम्म ९ लाख ८ हजार ८ सय ७५ डलर सेन्ट उठेको छ l 

गत अगस्त २३ तारिखबाट सुरु भएको न्युयोर्कको ज्याक्सनहाईटस्थित सत्य नारायण मन्दिरमा आयोजनामा भइरहेको महापुराणमा नेपाली समुदायले ठुलो हृदय बनाई ठुलो रकम सहयोग गरेका छन् l

सानो भन्दा सानो रकम दिनेहरु देखि १ लाख ११ हजार १ सय ११ डलर सम्म दिने व्यक्ति तथा संस्थाहरु देखा परेका छन् l दिल खोलेर आर्थिक सहयोग गर्नु हुनेहरुमा राजेश भट्ट्, मोहन ज्ञवाली, सुर्य लम्साल, रमेश श्रेष्ठ, जनक भण्डारी, सुमन शाह, खगेन्द्र क्षेत्री, केशव सेडाई, जनक पराजुली, बेद खरेल जस्ता दानवीरहरु तथा प्रवासी नेपाली मञ्चजस्तो संस्थाहरु उदाहरण बनेका छन । 

न्युयोर्कमा नेपालीको आफ्नो सामुदायिक भवन तथा मन्दिर छैन । पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन भइरहेको महापुराणमा रिजउड नेपाली समाजका उपाध्यक्ष समाजसेवी राजेश भट्ट र सुनिता भण्डारीले ७५ हजार डलर, रिजउड नेपाली समाजका संस्थापक उपाध्यक्ष सुमन शाह र रम्बीका उलकले ५१ हजार १११ डलर, रिजउड नेपाली समाजका संस्थापक अध्यक्ष मोहन ज्ञवाली तथा रिना ज्ञवालीले ५० हजार १ डलर, बेद खरेलले ६६ हजार ६६६, रिजउड नेपाली समाजका सदस्य जनक पराजुलीले २२ हजार २२२ डलर, बरिष्ठ अधिवक्ता खगेन्द क्षेत्री ३५ हजार डलर, अधिवक्ता केशव शेडाईले ३५ हजार डलर, अधिवक्ता रमेश श्रेष्ठले २० हजार १ डलर ,एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार कृष्ण पोख्रेलले २० हजार डलर सहयोग गरेका छन् l

प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १११ डलर सहयोग गरी उदाहरण बनेको छ l 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू