अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

चलचित्र ‘टिनएज’को फष्टलुक सार्वजनिक (ट्रेलर)

बिआरटीनेपाल २०७४ भदौ १२ गते २१:४३ मा प्रकाशित

हेलेन पाख्रिन फिल्मस् प्रोडक्सनको पाचौ प्रस्तती टिनएज को सोमबार एक कार्यक्रम आयोजना गर्दै फष्टलुक सार्वजनिक गरेको छ । फष्ट लुक स्वरुप चलचित्रको पोष्टर , ट्रेलर तथा गित सार्वजनिक गरिएको हो ।

सुचना तथा सन्चार राज्य मन्त्रि तोप्त बहादुर बिष्टको उपस्थितिमा चलचित्रका प्रचारप्रसार सामग्रि सन्चारकर्मि माझ प्रस्तुत गरिएको हो । दुइ दशक देखि चलचित्र क्षेत्रमा सक्रिय नृत्यनिर्देशक दिनेश पाख्रिनले चलचित्र टिनएजलाइ निर्देशन गरेका हुन् ।

स्व. बसन्त जंग रायमाझिको कथामा सुमन उप्रेतिको पटकथा रहेको चलचित्रका गितमा बिकाश चौधरी र बसन्त सापकोटाको संगित सुन्न सकिने छ भने डा कृष्णहरी बराल , हरी उप्रेती र सबिना केसिको गित रचना रहेको छ । चलचित्रका गितमा दिक्षा पाख्रिन , लिगेश भट्टराई ,सोम लामा , जनक कार्कि र दिपक सिंको कोरियोग्राफि रहेको छ ।

किशोरावस्थामा हुने प्रेम, रोमान्स , बदला तथा बियोग ले निम्त्याउने घटनालाइ जस्ताको त्यस्तै उतारिएको चलचित्र हो टिनएज । युवापुस्ताको अहिलेको जिवनशैलीलाइ चलचित्रको पर्दा मार्फत देखाउन खोजिएको छ ।

चलचित्रमा एन्जिला खड्गी , नरेश बिर सिं ,सरोज शाह , प्रतिक्षा खड्का , कृष्ण सिवाकोटी , अजय खड्का , सरिता राजउपाध्याय , निर्मल स्याङतान , रेशम फिलीलि , माया मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा बिरु मगर , चिनिमाया वाइवा , देबिका खड्का र निर्मल स्याङतानको लगानि रहेको छ । चलचित्रलाइ बासु न्यौपानेले छायांकन गरेका हुन् भने अनिल गौतम चलचित्रमा सम्पादक हुन् । चलचित्र असोज २७ देखि प्रर्दशन हुदैछ ।

प्रतिक्रिया