अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

‘मिस टिन झापा’लाई वन्डेज इन्टरनेश्नलको साथ

बिआरटीनेपाल २०७४ भदौ १२ गते २:२२ मा प्रकाशित

आगामी असोज ९ गते ग्राण्ड फिनाले हुने मिस टिन झापा २०१७ लाई वन्डेज इन्टरनेश्नलले साथ दिएको छ । वन्डेज इन्टरनेश्नलले टाइटल स्पोन्सरको रुपमा साथ दिएसँगै प्रतियोगिताको नाम वन्डेज इन्टरनेश्नल मिस टिन झापा २०१७ भएको छ ।

वन्डेज इन्टरनेश्नलले युरोपियन सँगै बिश्वका बिभिन्न मुलुकहरुमा नेपाली बिद्यार्थीहरुलाई अध्ययनका लागि पठाउदै आएको छ । बिर्तामोडमा १ बर्ष अघिबाट आफ्नो सेवा शुरु गरेको वन्डेजले झापा सहति पुर्वका १ सय भन्दा बढी बिद्यार्थीलाई बिश्वका बिभीन्न मुलुकमा स्टुडेन्ट भिसामा पठाईसकेको र मिस टिन झापामा आफु टाइटल स्पोन्सर बन्न पाउदा खुसी महशुस गरेको वन्डेजका डाइरेक्टर उदव चौहानले जानकारी दिएका छन् ।

वन्डेज इन्टरनेश्नल मिस टिन झापा २०१७ को बन्द शत्र आइतबारबाट शुरु भएको छ । ३० जना सहभागि प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोज ९ गते दशैको पन्चमीको दिन हुने छ । प्रतियोगिताको एसोसियेटको रुपमा व्युटिसियन युनियन नेपाल, पार्वड वाईमा रुप मोवाइल घर र बैकिङ पार्टनरमा सिखर साकोस रहेको छ ।

प्रतियोगिताको बिजेताले ५० हजार नगद सहित उच्च शिक्षाका लागि छात्रबृत्ती प्राप्त गर्ने आयोजक ड्रिम्स वल्र्ड इनटरटेण्टमेन्टकी अध्यक्ष निशा खड्काले जानकारी दिईन् ।

प्रतिक्रिया