अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

गायक भूवन सुप्तिहाङ राईको ‘आउँदो रहेछ जीन्दगीमा’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ भदौ १२ गते १:५७ मा प्रकाशित

युवा चर्चित गायक भुवन सुप्तिहाङ राईको पाँचौ एलबम सम्मान मेरो मा समेटिएको ‘आउँदो रहेछ जीन्दगीमा यस्तो मोडहरु‘’ गीतको म्यूजिक भिडियो हालै सार्बजनिक भएको छ । भिडियोमा बर्षा शिवाकोटी, दिक्पाल कार्की र सुजन राईले मार्मिक दृष्यको अभिनय पस्केका छन् ।

गायक भुवन सुप्तिहाङ राईको केही महिना अगाडिमात्र विमोचित एलबम सम्मान मेरो एलबममा रहेको एउटा गीत आउदो रहेछ गीन्दगीमा यस्तो मोडहरु जहाँ यो घट्नाको परिदृष्य देखाइएको छ। सुप्तिहाङ राईको संगीत र स्वरमा गुञ्जिएको यस मार्मिक भिडियो गीतको शब्द विश्वकाजी राईले कोरेका हुन् । त्यस्तैगरी एरेञ्जर गरेका छन् चर्चित एरेञ्जर महाराज थापाले।

यसरी शब्द, संगीत, स्वर अनि संगीत संयोजनले भरिएको मनै छुने म्यूजिक भिडियो कृष्ण आचार्यद्वारा निर्देशित भिडियो हो । छायाँकन युवराज राईले गरेका हुन् । गायक सुप्तिहाङ राईले भने, ‘आउँदो रहेछ जीन्दगीमा यस्तो मोडहरु‘’ भिडियो बडो मेहनतपूर्ण तयार भएको बताएको छ ।

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले आफ्नो पाचौँ एल्बमका रूपमा गत साउनमा  गीति संग्रह ‘सम्मान मेरो’ सार्वजनिक गरेका थिए । भुवनले सार्वजनिक गरेका ११ गीतमा उनैको स्वर र संगीत रहेको छ भने विश्वकाजी राई गोपाल दाहा, बुद्धवीर लामा, जितेन्द्र रसिक, अनोज रोका, मुकेश राई, प्रेम सुब्बा चेम्जोङ, जेवी संयोगी र दकिला लामाको शब्द रहेको छ । गायक राईले चाँदै एल्बममा रहेके अर्के सुमधुर गजल “थाहाछैन जवानीको” जितेन्द्र रसिकको शव्दमा रहेको गजलको भिडियो बनाउने तयारी भइरहेको बताएको छ ।

‘तिमीले संसार जित्यौभन्दा भुवनले हालसम्म ३ सय ५० गीतमा संगीत भरिसकेका छन् भने चलचित्रका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिएका छन् । यसअघि उनका ‘तिम्रो माया’ (२०६०), ‘सजेसन’(२०६५), ‘मायाको फूल’ (२०६७), ‘बदनाम’ (२०६९) गीति संग्रह आइसकेका छन् ।

 

प्रतिक्रिया