अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

प्रवासी नेपाली मन्च अमेरिकाद्वारा मन्दिर बनाउन १ करोड़ ११ लाख १ सय ११ को सहयोग

बिआरटीनेपाल २०७४ भदौ ११ गते २२:०० मा प्रकाशित

रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले १ लाख ११ हज़ार १ सय ११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेको छ । करिब १ करोड़ ११ लाख १ सय ११ रुपैयाँ बराबर को चेक आज रिजउड नेपाली समाजलाई महापुराणमा रक़म हस्तान्तरण गरेको छ । विश्व भर स्थापित अन्य सङ्घ/संस्थाले प्रवासी नेपाली मन्च अमेरिकाले गरेको यस पुन्य , उत्प्रेरित तथा उदाहरणिय काम बाट केही सिक्नु पर्ने अवस्था आएको छ ।

महापुराणमा अहिले सम्म कै सबै भन्दा ठुलो रकम चन्दा प्रदान गर्ने प्रवासी नेपाली मन्च अमेरिका भएको छ भने महापुराणका संयोजक समेत रहेका राजेश भट्टले ७५ लाख चन्दा दिएका थिए । यसै गरी समाजसेवी सूर्य लम्सालले पनि ३० लाख चन्दा दिएका थिए ।
प्रवासी नेपाली मन्च अमेरिका का वर्तमान अध्यक्ष प्रभु थापाले समुदायमा हुने यस्ता कार्यक्रममा हामी कहिले पछि नपर्ने बताए । प्रवासी नेपाली समाज अमेरिकाले गरेको सहयोग र अद्वितीय योगदान को मुक्त कन्ठले प्रशंसा गर्दै रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितिले विशेष धन्यवाद दिएको छ ।

प्रतिक्रिया