अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

बे एरियामा सामुदायिक भवन बनाउने अभियानले गति लिदै

बिआरटीनेपाल २०७४ भदौ ११ गते २१:५६ मा प्रकाशित

उत्तरी अमेरिका फ्रान्सिस्को बे एरियामा सामुदायिक भवन बनाउने अभियानले लामो समय सम्म पनि किन गति लिन सकेन भन्ने विषय आहिले नेपालीहरू माझ गम्भीर रूपमा आगाडी आइरहेको बेला आज बे एरियाका सङ्घ संस्थाका अगुवा र सर्वसाधारणले आफ्ना प्रत्तिबदाता राख्दै आजको छलफल सकिएको छ । के हुनु पर्छ ? के भई रहेको छ ? के हुनु पर्थ्यो, आदि प्रश्नहरूलाई माझ्दै आगाडी बढ्ने ध्रिड प्रतिबद्ता जनाउदै उपस्थित सबैले आफ्नो ठाउँबाट सहयोग र हातेमालो गर्दै अगाडी बढ्न सके यो महत्त्वपूर्ण काम सजिलैसँग गर्न सकिने जनाएका छन् । 

कार्यक्रमको सभापतिको आसनबाट बोल्दै नेपाली कमुनिटि भवनका संयोजक उत्तम कार्कीले लागत खर्च जुटाउन चालिएका कदम र प्रगतिको विषयमा प्रकाश पार्नु भएको थियो साथै बम्पर उपहार चिट्टाको बारेमा पनि जानकारी गराउनु भएको थियो । साना, ठुला, झिना मसिना विषय र परिवेशकाबारे छलफल गर्ने मनलाई माझामाझ गर्ने उक्त कार्यक्रम पछि बे एरियाका नेपाली माझ केही आसाका किरणहरू पलाएको भने पक्कै हो । साथै कार्यक्रममा सङ्घ संस्थाका प्रमुखहरूले कम्तीमा पनि आफ्नो कार्य समितिका सम्पूर्ण पधादिकारीहरूलाई कम्तीमा पनि एक एक वटा चिट्टाको टिकट लिएर कमुनिटि भवनलाई सहयोग गर्न अनुरोध गर्ने प्रति बद्दता जाहेर गर्दै स्थलबाट बाहीरिएका छन् । नेपाली कमुनिटि भवनको सहयोगार्थ खोलिएको चिट्ठाको एउटा टिकटको रकम एक सय डलर राखिएको छ जसमा प्रथम पुरस्कार पच्चिस हजार बराबरको कार राखिएको छ भने थुप्रै आकर्षक उपहारहरू पनि राखिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू