अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

 बाढी पीडितको सहयोगार्थ तरुण दल कास्कीद्वारा सांगीतिक कार्यक्रम गरिँदै

बिआरटीनेपाल २०७४ भदौ १० गते ६:०० मा प्रकाशित
बाढी पिडितहरुको सहयोगार्थ नेपाल तरुण दल कास्कीले सहयोग संकलन गर्ने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ | नेपाल तरुण दल जिल्ला कार्यसमिति कास्कीको भाद्र २ गते बसेको बैठकले लगातारको वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा रहेका बाढी र पहिरोमा परेकाहरुको लागि र बिस्थापिरुको लागि राहत स्वरुप एकदिने सांगीतिक कार्यक्रम गरि सो कार्यक्रम बाट संकलित सम्पूर्ण रकम पिडितको राहतका लागि प्रदान गर्ने भएको हो |
भाद्र १० गते शनिबार दिनको ठिक २ बजे पोखराको मानव अधिकार चोकमा आयोजना गरिने उक्त कार्यक्रममा कानुन तथा न्याय मन्त्रि यज्ञ बहादुर थापा र नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत को उपस्थिति रहने छ भने नेपालका ख्याति प्राप्त कलाकार कर्ण दास, बिबेक श्रेष्ठ, रामभक्त जोजिजु, बिनोद बानिया, इतु जोजिजू, योगेश काजी, मार्कस दास, चोलेन्द्र पौडेल, नेपाल लोकतान्त्रिक संस्कृतिक संघ कास्की लगाएतको प्रस्तुति रहने छ भने कार्यक्रममा धेरै भन्दा धेरै दर्शकको सहभागिता गराई सहयोग रकम संकलन गरिने उद्देश्य रहेको तरुण दल कास्कीका सचीब नरेन्द्र थापाले जनाए |
यही साउनमा परेको अविरल वर्षाका कारण देश बाढी र पहिरो बाट आक्रान्त बनेको छ | पहाडमा पहिरो र तराई डुबानमा परेको त सबैलाई बित्तित नै छ | बाढीले देशको पहाडी भेगका साथै सम्पूर्ण तराई तथा पूर्वी भू-भाग डुबानमा पर्नुका साथै तराईका जनताले एतिबेला ठुलो जनधनको क्षति बेहोरेका छन् | यस विपदको समयमा ज्यान गुमाउने प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै घाइते हरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौ भनि अध्यक्ष मनोज गुरुङद्वारा हस्तक्षरित बिज्ञप्तिमा जनाइएको छ | कार्यक्रम सफल पार्नका लागि सबैले आफ्नो आफ्नो ठाउँ बाट आवश्यक सहयोग गरिदिन साथै उक्त सांगीतिक कार्यक्रममा सबैलाई सहभागिताको लागि आपिल गर्दै दैबी प्रकोप र प्राकृतिक प्रकोपका बेला पनि सधै जस्तै सबै नेपाली एकजुट भएर सामना गर्नुपर्ने पनि गुरुङले बताए |
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू