अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

५ हजार परिवारलाई शेष घले नेतृत्वको एनआरएन टिमद्वारा सप्तरी पुगेर राहत बितरण

बिआरटीनेपाल २०७४ भदौ १० गते ५:३१ मा प्रकाशित

गैरआवासीय नेपाली संघ एनआरएनले सप्तरीका बाढिपिडितलाई राहत वितरण गरेको छ । एनआरएन अध्यक्ष शेष घले नेतृत्वको टिमले सप्तरीको तिरहुत गाउँपालिकाका, औरही, बोदेबसाईन नगरपालिकाका लगायतका ठाउँहरुमा पुगी प्रति परिवार ६ हजार बराबरको राहत वितरण गरेको हो ।

झण्डै दुई करोड रुपैयाँ संकलन गरी करिब पाँच हजार परिवारलाई राहत बितरण गर्ने लक्ष्य सहित सप्तरी आएको एनआरएन टोलीले सशस्त्र प्रहरीको क्याम्पबाट बितरण गरिएको राहत प्याकेजमा एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेल लगायतका सामाग्री सहितको एक परिवारलाई ६ हजार बराबरको राहज बितरण गरिएको छ ।

राहत वितरण कार्यक्रम संयोजक श्याम तामाङका अनुसार बाढीको प्रकोप सुरु भएसँगै गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सुरु गरेको थियो । सो कोषमा अध्यक्ष घले र उनकी पत्नी जमुनाले एक करोड रुपैयाँ दान गरेका थिए ।

संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ सहितको टोली सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न खटिएको थियो । टोलीमा एनआरएन उपाध्यक्ष कुमार पन्त, मध्यपूर्व उपसंयोजक धर्मराज गिरी, अमेरिका संयोजक सोनाम लामा, अमेरिका सह(संयोजक एसी शेर्पा, हङकङका सल्लाहकार त्रिलोक गुरुङ, मेडिकल कोअर्डिनेटर भुमा लिम्बु, जयप्रकाश गुरुङ, बहराइनबाट सदस्य श्याम तामाङ, अमेरिकाबाट मिङमार तामाङ, कुवेतबाट रश्मी रानामगर, क्यानडाबाट अभिमन्यू बस्नेत, एमआइटीबाट सुरेश चित्रकार लगायत छन् ।

झण्डै दुई करोड रुपैयाँ संकलन गरी करिब पाँच हजार परिवारलाई राहत बितरण गर्ने लक्ष्यसहित एनआरएन टोली सप्तरी आएको हो । ५ दिने राहत बितरण कार्यक्रममा सप्तरीका ५ हजार बाढि पिडीत परिवारलाई सहयोग गरिएको छ ।  एनआरएनएले बिराटनगरबाट डाक्टर र नर्सहरुको टोली लगेर बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।     

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू