अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

पत्रकार महासंघमा गैरपत्रकार अटाउँदैन— अध्यक्ष आचार्य

बिआरटीनेपाल २०७४ भदौ ८ गते ८:१२ मा प्रकाशित

नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष गोविन्द आचार्यले अब गैर पत्रकार नअटाउने भएका छन् । महासंघका नवर्विाचित पदाधिकारीले निर्वाचित भएपछि पहिलो पटक बोल्दै आचार्यले महासंघमा गैरपत्रकारलाई सदस्यता नदिने उद्घोष गर्नुभएको हो ।

रफत सञ्चार क्बलले महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा सम्मान गर्न आज आयोजित कार्यक्रममा बोल्दै उहाँले अबदेखि महासंघको सदस्यता वितरण एवं नविकरण गर्दा सार्वजनिक सुनुवाई गरेर पत्रकार भएको पुष्टी भए मात्रै सदस्यता वितरण गर्ने उद्घोष गर्नुभएको हो ।

उहाँले भन्नुभयो—“पत्रकारिता पेशालाई नै शुद्धिकरण गर्नका लागि अबदेखि महासंघले सदस्यता वितरण गर्दा सार्वजनिकरुपमा सुनुवाई गरेर मात्र सदस्यता प्रदान गर्नेछौं, शुद्धिकरण अभियानबाटै अब गैर पत्रकार महासंघको सदस्यता बन्न दिने छैनौं ।

उहाँले अझै पनि पत्रकारहरुको पेशागत र भौतिक असुरक्षा नभएको भन्दै पत्रकारहरुको पेशागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताउनुभयो ।
महासंघका उपाध्यक्ष दिलिप थापामगरले महासंघलाई कुनै पार्टी र व्यक्तिको घर नभइ पबित्र मन्दिर बनाउने बताउनुभयो । उहाँले महासंघ पत्रकार हकहित र सुरक्षाका लागि निरन्तर संघर्षमा लागि लड्ने भन्दै पेश स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गर्नुभयो ।

महासंघका महासचिव रमेश विष्टले महासंघले पत्रकार र सञ्चार माध्यम दुबै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताउनुभयो । उहाँले साना लगानीका सञ्चार माध्यमलाई सक्षम बनाएर अगाडि बढ्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कराराज बुढाथोकी, रफत संचार क्लबका अध्यक्ष शुशिलबन्धु थापाले महासंघले गैर पत्रकार प्रवेश गर्ने ढोका बन्द गर्दै श्रमजिवी पत्रकारको हकहितमा लागनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू