अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

अनेसास राम लामा सर्बोत्कृष्ट पुरस्कार तथा सम्मान होमनाथ सुबेदीलाई प्रदान गरिने

बिआरटीनेपाल २०७४ भदौ ७ गते ११:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालै अमेरिकी डलर २००० (दुई हजार) सहित कदर पत्र प्रदान गर्ने गरी अनेसास राम लामा सर्बोत्कृष्ट पुरस्कार तथा सम्मान स्थापना गरेको छ । उक्त पुरस्कार तथा सम्मान यही सेप्टेम्बर ९ र १०, २०१७ मा अस्ट्रेलियाको पर्थमा आयोजना हुने पाँचौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका अवसरमा पहिलो पटक प्रदान गर्न सो पुरस्कार घोषणा गरिएको छ । अनेसासको संस्थागत विकास र नेपाली साहित्यको बिश्वब्यापिकरण अभियानमा पुर्याएको विशेष योगदानको उच्च मूल्याकन गर्दै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई सो पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरिएको छ ।

उक्त पुरस्कार हरेक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा प्रदान गरिने छ । केन्द्रीय कार्यसमितिले केही समय अघि सो पुरस्कार प्रदान गर्न अनेसासका पूर्व अध्यक्ष तथा सल्लाहकार मोहन सिटौला, साहित्यकार तथा अनेसासकी सल्लाहकार माया ठकुरी र अनेसासका महासचिव गोबर्धन पूजा समेतको एक पुरस्कार समिति गठन गरेको थियो, केन्द्रीय कार्यसमितिको बैठकले पुरस्कार समितिका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू