अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

५ दिने भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान

बिआरटीनेपाल २०७४ भदौ ७ गते ०:०४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा गएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका लागि देउवा बुधबार नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

श्रीमती आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै भारत भ्रमणमा लागेका प्रधानमन्त्री देउवाले बुधबार दिउँसो नयाँदिल्ली पुगेर नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।

साँझ भारतका उद्योगी–व्यवसायीको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै बिहिवार बिहान राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले औपचारिक समारोहबीच स्वागत र महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

बिहीबार नयाँदिल्लीमा उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागी हुने देउवाले आफ्नो ५ दिने भ्रमणका क्रममा भारतका राष्ट्रपति रामनाथ कोबिन्द, बाह्य मामिला मन्त्री सुस्मा स्वराज, उपराष्ट्रपति बेंकैया नैडू, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंह लगायत संग बिभिन्न बिषयमा छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू