अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

राहत बोकेको ट्याक्टरले किचेर बाढि पिडितको मृत्यु

बिआरटीनेपाल २०७४ भदौ ६ गते २:५१ मा प्रकाशित

बाँके जिल्लामा सडकको छेउमा सुतिरहेको अवस्थामा एकजना बाढीपीडितको ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नं.को ट्र्याक्टरले बाँके  जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको प्रहरीले जनाएको छ ।

घाइते मुराउको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नं.को ट्र्याक्टरले किचेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू