अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

झापामा परिवार नियोजनको नाटक प्रदर्शन 

बिआरटीनेपाल २०७४ भदौ ६ गते १:३५ मा प्रकाशित

जिल्ला परिवार नियोजन संघ सिफा टुको आयोजनामा मोरङको पथरीशनिश्चरेका कलाकारहरुले परिवार नियोजन सम्बन्धि सडक नाटक ‘परिवार नियोजन ः स्मार्ट बन्छ जीवन’लाई झापाको ३ स्थानमा प्रदर्शन गर्ने भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाको ग्रामिण क्षेत्र बाहुनडाँगीमा भदौ ६ तथा बनियानी र जलथलमा भदौ ७ गते नाटक प्रदर्शन हुने भएको हो ।

नाटकका ‘लाहुरे’ भनिएको ‘डोरी लाहुरे’ को दम्भ र विदेशमा रहनेको घरमा श्रीमती अरुसँग भाग्ने भन्ने त्रासलाई नाटकले रमाइलो पाराले चिरेको छ । कम्तिमा ३ वर्षको जन्मान्तर पारेर बढीमा २ जना सन्तान जन्माउने, उनीहरुलाई उचित लालनपालन गर्दै राम्रो शिक्षा दिएर असल नागरिक बनाउने तथा आफुहरु समेत आत्मनिर्भर सामाजिक व्यक्तित्व बन्ने कुरा स्मार्ट जीवनको उदाहरण भएको कुरा दर्शाइएको छ ।

एभरेष्ट आर्ट फयूजन र पूर्वमा चर्चित हाँस्य टेलिश्रृंखला ‘दोबाटे’का कलाकारहरु भूपेन्द्र तिम्सिना, अभय पोखरेल, भिष्म न्यौपाने, हरेन्द्र खत्री, कल्पना मिश्र, लीला कुलुङ र बन्दना लिम्बूले नाटकमा परिवार नियोजन तथा सम्पूर्ण हिसावले वन्ने व्यवस्थित जीवनको सन्देश छरेका छन् ।

कञ्चनजंघा नाट्य समूह हुँदै सो कलाकार टोलीले टेलिश्रृंखला, म्यूजिक भिडियो, नाटक, प्रहसन सहितका प्रस्तुतिमा पूर्वमा डेढ दशकदेखि प्रभावकारी सक्रियता देखाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू