अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

नेपालमा संविधान संशोधन विधेयक असफल

बिआरटीनेपाल २०७४ भदौ ५ गते १५:११ मा प्रकाशित

नेपालको संसदमा सोमवार दिउँसो भएको मतदान प्रकृयाबाट संविधान संशोधन विधेयक स्वीकृत हुन आवश्यक दुई तिहाई मत नपुगेपछि असफल भएकोछ। संसदमा हाल रहेका ५९२ सांसद संख्याको दुई तिहाई सदस्य (३९५) आवश्यक हुने भएपनि सोमबारको मतदानमा संशोधनको पक्षमा ३४७ मत (आवश्यक भन्दा ४८ मत कम) मात्र खसेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन् । मतदानका समयमा संसदमा उपस्थित ५५३ सांसद मध्ये ३४७ ले संशोधन पक्षमा मतदान गरेका थिए भने एमाले सहितको विपक्षी गठबन्धनका २०६ सांसदले विपक्षमा मतदान गरेका थिए।

मधेशवादी दलहरुको माग अनुरूप सरकारले ल्याएको संविधान संशोधन विधेयक असफल भएपछि अब नेपालको राजनीतिले कुन मोड लिने हो भन्ने अन्यौल सृजना भएकोछ। राजपाले विधेयक असफल भएपनि २ नम्वर प्रदेशमा हुन बाँकी स्थानीय निकायको चुनावमा भागलिन्छौं भनेता पनि यो पछिल्लो घटनाक्रमले उसले लिने नयाँ निर्णयले नेपालको राजनीतिको नयाँ बाटो निर्धारण हुनसक्ने देखिन्छ। विभिन्न शक्तिकेन्द्रहरुको बलमा राप्रपालाई फुटाइएको भनिएकोले राप्रपाको फुटले देखिने राजनीतिक असर पनि केही समयपछि नै नेपालको सत्ता राजनीतिमा देखिने प्रष्टैछ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू