अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

चितवनमा बजार अनुगमनमा कडाई 

बिआरटीनेपाल २०७४ भदौ ४ गते ४:४० मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय चितवनले बजार क्षेत्रका ४ वटा ब्यापारिक फर्महरु बन्द गराएको छ । शुक्रबार बार्यालयका बजार अनुगमन अधिकृत ओमनारायण शर्मा, खाद्य निरिक्षक प्रबिण तिवारी उपभोक्रा अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषाल लगायतको अनुगमन टोलीले भरतपुर र नारायणगढ बजार क्षेत्रका पसलहरुको अनुगमन गरि बन्द गराएको हो ।

टोलीले भरतपुरको बिरेन्द्र क्याम्पस चोकमा रहेको बिरेन्द्र जुस जेन्ट्र, लिलाचोकको बजरंग बली टन्सपोर्ट, गितान्जली ट्ेडर्स र सिजनल फुड सेन्टर बन्द गराएको हो ।
बिना अनुमति बिना दर्ता सन्चालन गरेर लाखै रुपया राजस्व ढगी गरेको भेटिएकाले उनिहरुको पसल बन्द गराएको शर्माले बताउनु भयो । सिजनल फुड सेन्टरका सन्चालक रामप्रसाद सापकोटाले भारतबाट नरिवल खरिद गरेर ल्याउने र बिना दर्ता पसल सच्नालन गर्नुका साथै नरिवल खरिद बिक्रीको बिल समेत नराखेको पाईएको उहाले बताउनु भयो ।

उनिहरुलाई सरकारी प्रक्रिया पुरा गर्न तिन दिनको समय सिमा दिएको र तिन दिन सम्म पनि प्रक्रियामा नआए अन्य कारबार्ही गरिने शर्माले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू